वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प
गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण गर्ने कार्यमा नेपाल प्रहरी सदैव अहोरात्र खटिँदै आएको र गत भदौ १० गतेको रसुवा भोटेकोशी, मनाङ-मुस्ताङ र बुढीगण्डकीमा आएको भीषण बाढीदेखि विगतका विपद्का घटनामा आफ्नै सहकर्मीले ज्यान गुमाउँदा, बेपत्ता हुँदासमेत विचलित नभई नागरिकको सेवामा खटिएका प्रहरी कर्मचारीहरूको धैर्य र समर्पणको उच्च मूल्याङ्कन गरेका छन् । गृहमन्त्री गुरूङले ७१औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै नागरिकको हरेक गुनासो, पीरमर्का, जाहेरी दर्तादेखि अनुसन्धानको क्रममा नागरिकलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा बहन गर्नुपर्ने उल्लेख गरे । […]


अखबार संवाददाता असोज ३०, २०८३








































































