सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति
जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाइँदैछ । आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । एक वर्षअघि यही दिन काठमाडौंका सडकमा हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौं युवा सडकमा उत्रिएका थिए । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन केही समयमै सरकारको कार्यशैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा तथा अवसरको असमानताविरुद्धको व्यापक असन्तुष्टिमा परिणत भएको थियो । […]

अखबार संवाददाता भदौ २३, २०८३











































































