YouTube Link

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

Facebook Link

काठमाडौं: कलंकी-१४ हनुमान गल्लीमा अवस्थित साझा स्वास्थ्य क्लिनिकले आफ्नो स्थापनाको १०औं वर्ष पूरा गरेको अवसरमा स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि सुलभ, गुणस्तरीय र बहुआयामिक स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा उपलब्ध गराउने योजना अघि सारेको छ ।

 

सामान्यदेखि जटिल स्वास्थ्य समस्या भएका बिरामीहरूलाई एकै स्थानमा सहज उपचार दिने उद्देश्यले स्थापना गरिएको यो क्लिनिक हाल हनुमान गल्ली क्षेत्रकै भरपर्दो स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । क्लिनिकले हाल ओपिडी (OPD), ईसीजी (ECG), भिडियो एक्स-रे, दन्त सेवा, फिजियोथेरापी, अकुपन्चर तथा रगत परीक्षण जस्ता अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

 

आधुनिक उपकरण, अनुभवी चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीमार्फत सेवा प्रदान गरिएकाले बिरामीहरूले स्थानीय स्तरमै भरपर्दो उपचार पाउँदै आएका छन् । क्लिनिकका अनुसार १० वर्षे प्रवेशको अवसर पारेर अबदेखि ओपिडी सेवा रु. ४०० मा उपलब्ध गराइनेछ । सर्वसाधारणको स्वास्थ्य अवस्थालाई विशेष ध्यानमा राख्दै डाक्टरको परामर्श अनुसार ईसीजी सेवा निःशुल्क प्रदान गरिँदै आएको छ । उक्त निःशुल्क ईसीजी सेवा बिहान ७:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ ।

 

दन्त सेवाअन्तर्गत दाँत सफा गर्ने सेवा रु. ६०० मा तथा बालबालिकाको दुधे दाँत निकाल्ने सेवा रु. १०० मा उपलब्ध गराइएको छ । दन्त सेवा बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन हुने जानकारी क्लिनिकले दिएको छ । त्यसैगरी, भिडियो एक्स-रे सेवा रु. ६०० मा उपलब्ध गराइँदै आएको छ, जसले बिरामीलाई सस्तो, छिटो र सहज जाँचको सुविधा प्रदान गरेको छ ।

 

स्थानीय स्तरमै सर्वसुलभ शुल्कमा विविध स्वास्थ्य सेवा प्रदान गर्दै आएको साझा स्वास्थ्य क्लिनिकले हनुमान गल्ली तथा आसपासका क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको स्थानीयहरूको भनाइ छ । आगामी दिनमा सेवा थप विस्तार गर्दै स्वास्थ्य सेवाको दायरा अझ फराकिलो बनाउने लक्ष्य रहेको क्लिनिकका प्रोपाइटर आमोद अधिकारी ले जानकारी दिएका छन् ।

 

सर्वसुलभ, सहज र गुणस्तरीय स्वास्थ्य सेवाप्रति प्रतिबद्ध यस क्लिनिकले आगामी दिनमा पनि आम नागरिकको विश्वास, साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गरेको जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...