१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान
वि.सं.२०८२ पुस १४ सोमवार ११:३४
3.4K
shares
काठमाडौं: कलंकी-१४ हनुमान गल्लीमा अवस्थित साझा स्वास्थ्य क्लिनिकले आफ्नो स्थापनाको १०औं वर्ष पूरा गरेको अवसरमा स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि सुलभ, गुणस्तरीय र बहुआयामिक स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा उपलब्ध गराउने योजना अघि सारेको छ ।
सामान्यदेखि जटिल स्वास्थ्य समस्या भएका बिरामीहरूलाई एकै स्थानमा सहज उपचार दिने उद्देश्यले स्थापना गरिएको यो क्लिनिक हाल हनुमान गल्ली क्षेत्रकै भरपर्दो स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । क्लिनिकले हाल ओपिडी (OPD), ईसीजी (ECG), भिडियो एक्स-रे, दन्त सेवा, फिजियोथेरापी, अकुपन्चर तथा रगत परीक्षण जस्ता अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
आधुनिक उपकरण, अनुभवी चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीमार्फत सेवा प्रदान गरिएकाले बिरामीहरूले स्थानीय स्तरमै भरपर्दो उपचार पाउँदै आएका छन् । क्लिनिकका अनुसार १० वर्षे प्रवेशको अवसर पारेर अबदेखि ओपिडी सेवा रु. ४०० मा उपलब्ध गराइनेछ । सर्वसाधारणको स्वास्थ्य अवस्थालाई विशेष ध्यानमा राख्दै डाक्टरको परामर्श अनुसार ईसीजी सेवा निःशुल्क प्रदान गरिँदै आएको छ । उक्त निःशुल्क ईसीजी सेवा बिहान ७:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ ।
दन्त सेवाअन्तर्गत दाँत सफा गर्ने सेवा रु. ६०० मा तथा बालबालिकाको दुधे दाँत निकाल्ने सेवा रु. १०० मा उपलब्ध गराइएको छ । दन्त सेवा बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन हुने जानकारी क्लिनिकले दिएको छ । त्यसैगरी, भिडियो एक्स-रे सेवा रु. ६०० मा उपलब्ध गराइँदै आएको छ, जसले बिरामीलाई सस्तो, छिटो र सहज जाँचको सुविधा प्रदान गरेको छ ।
स्थानीय स्तरमै सर्वसुलभ शुल्कमा विविध स्वास्थ्य सेवा प्रदान गर्दै आएको साझा स्वास्थ्य क्लिनिकले हनुमान गल्ली तथा आसपासका क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्थानीयहरूको भनाइ छ । आगामी दिनमा सेवा थप विस्तार गर्दै स्वास्थ्य सेवाको दायरा अझ फराकिलो बनाउने लक्ष्य रहेको क्लिनिकका प्रोपाइटर आमोद अधिकारी ले जानकारी दिएका छन् ।
सर्वसुलभ, सहज र गुणस्तरीय स्वास्थ्य सेवाप्रति प्रतिबद्ध यस क्लिनिकले आगामी दिनमा पनि आम नागरिकको विश्वास, साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गरेको जनाएको छ ।
वि.सं.२०८२ पुस १४ सोमवार ११:३४



















