YouTube Link

पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’

Facebook Link

काठमाडौं: नेपालको पर्यटन क्षेत्रमा क्रियाशील महिलाको साझा संस्था ‘टुरिज्म सिस्टरहुड नेपाल एशोसिएसन’ ले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन पहल गरेको छ । सन् २०१८ मा स्थापना भएको उक्त एशोसियसनले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता अभिवृद्धि गर्दै दिगो र जिम्मेवार पर्यटन निर्माण गर्ने काम गर्दै आइरहेको छ ।

 

एशोसियसनको सातौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एशोसियसनकी अध्यक्ष जुनु मलेखुले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन एशोसियसनले स्थापनाकालदेखि नै काम गर्दै आइरहेको बताए । उनले भने- ‘पर्यटन क्षेत्रमा लागेका महिलालाई जिम्मेवार बनाउँदै उनीहरुको क्षमता अभिवृद्धि गरी दिगो र जिम्मेवार  पर्यटन निर्माणका क्षेत्रमा एशोसियसन लागेको छ ।’ पर्यटन क्षेत्रमा कार्यरत महिलालाई सशक्त बनाई नेतृत्व विकासमा काम गर्दै आएको उनको भनाइ छ ।

 

एशोसियसनकी निवर्तमान अध्यक्ष अनुपा बुढाथोकीले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउनका लागि एशोसियसनले महिलालाई निःशुल्क विभिन्न किसिमका तालिम प्रदान गर्दै आइरहेको बताए । एशोसियसनले पर्यटन क्षेत्रमा अध्ययन गर्दै गरेका गरिब तथा विपन्न विद्यार्थीलाई पढाइमा सहयोगसमेत गर्दै आएको छ ।

 

यस बाहेक एशोसियसनले नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा महिला कसरी सुरक्षित रुपमा जान सक्छन् भन्नेबारे विभिन्न समयमा गन्तव्य यात्रासमेत गराउँदै आएको छ । एशोसियसनले गत वर्ष रारामा उक्त भ्रमण गराएको थियो । उक्त भ्रमणको वृत्तचित्र निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसारको कामसमेत अगाडि बढाइएको छ ।

 

एशोसियसनले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा ‘वेलनेश टुरिज्म’को विकासका लागि निमी वेलनेश सेन्टरको सहकार्यमा एक घण्टाको ‘साउण्ड हेलिङ’ सेसन सञ्चालन गरेको थियो । सात वर्ष पहिले स्थापना भएको उक्त एशोसियशनमा हाल पर्यटन क्षेत्रमा क्रियाशिल झण्डै १०० महिला आबद्ध रहेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...