Texas College
YouTube Link
हाम्रो बारे
Facebook Link

हाम्रो बारेमा भन्नुपर्दा नयाँ उत्साहका साथ व्यसायिक पत्रकारीताको नयाँ आयम लिएर यहाँहरु माझ हामी आएका छौं । विश्वमा बढ्दो सूचना प्रविधिको युगमा ईन्टरनेटको प्रयोगलाई सकारात्मक मान्न सकिन्छ। आफू सु-सुचित हुनका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा मात्रै सिमित नभई विश्वभर डिजिटल पत्रिका मार्फत आफुलाई अपडेट राख्न थालिसकेको अवस्था छ।

 

नेपाली पत्रकारिता क्षेत्रले व्यवसायिकता अंगालेपछि द्रुत गतिमा बढेको सञ्चारमाध्यमहरुको भीडमा विगत सन् 2011 देखि हालसम्म आम जनमानसलाई सु-सुचित गर्न न्यू भिजन प्वाईन्ट प्रा.लि. द्वारा प्रकाशित www.akhabarnepal.com सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागमा दर्ता नं. ३७३/०७४/०७५ मा दर्ता भई डिजिटल पत्रिका सञ्चालनमा ल्याईएको हो ।

 

न्यू भिजन प्वाईन्ट प्रा.लि. विधिवत रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा वि.सं. २०६८ असार ३ गते ८४०५६/०६७/०६८ नम्बरमा दर्ता भएको कम्पनी हो । मुल्य अभिवृद्धि कर कार्यालयमा समेत दर्ता भएको यस प्रा.लि. द्वारा सञ्चालित अनलाईन डिजिटल पत्रिकामा विगत लामो समयदेखि सक्रिय पत्रकारहरुको समुह आवद्ध भई पत्रकारिताको धर्म र व्यवहारिक ज्ञानको प्रयोग गर्दै विशुद्ध सामाजिक परिवेश, राष्ट्रको गौरवलाई उच्च राख्दै अघि बढ्ने र विश्वमा छरिएर रहेका आम नागरिकलाई सु-सुचित गराउने प्रण गरेको छ ।

 

विकसित सञ्चारको सहजताका लागि ‘स्वदेश होस् या विदेश, सुगम होस् या दुर्गम, नेपालको अखबार, अखबार नेपाल डट कम’ बाट तुरुन्तै थाहा पाउन सकिने छ । सही समाचार सम्प्रेसन गरी जतिसक्दो छिटो भन्दा छिटो पाठक सामु निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हुनेछ ।

 

डिजिटल विज्ञापनको युग भएकोले हामी पनि यसबाट अछुतो रहन सक्दैनौ सञ्चार जगत र व्यवसायीबीच संधै नङ र मासुको सम्बन्ध रहँदै आएको छ त्यसैले यस न्यू भिजन प्वाईन्ट प्रा.लि.अखबार टाईम्स द्वारा प्रकाशिक डिजिटल पत्रिका www.akhabarnepal.com का लागि तपाईको व्यवसायिक प्रतिष्ठानको व्यापारिक विज्ञापन उपलब्ध गराई निष्पक्ष पत्रकारिताको हाम्रो अभियानमा हातेमालो गरिदिनुहुनेछ भन्ने पूर्ण अपेक्षा राखेका छौ ।

 

यस डिजिटल पत्रिकामा प्रचार प्रसारका सामाग्रीसँगै सम्बन्धित उत्पादनका विषयमा समाचार, आलेख, फोटो फिचर, भिडियो लगायतका अन्य सामाग्रीहरु पनि समाचारका रुपमा प्रकाशन/प्रशारण गरिने छ । आशा छ हाम्रो यो सार्थक थालनीमा आम नागरिक, पाठक, शुभेच्छुक एवं विज्ञापनदाताहरुबाट सहयोग आपेक्षा राख्दछौ ।

 

सुबास कुमार सुनुवार
अध्यक्ष तथा प्रधान सम्पादक

 

 


X link
Facebook Link
KFC
YouTube Link
Golden Peak High School