YouTube Link

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले जित्यो ३ सिट

Facebook Link

काठमाडौं: हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३ सिट जितेको छ । अध्यक्ष साम्पाङले सुनसरी-१, आरेन राईले खोटाङ र ध्रुवराज राईले भोजपुरमा निर्वाचन जितेका हुन् ।

 

सुनसरी-१ मा हर्क साम्पाङ ३५ हजार ७४१ मत प्राप्त गरी विजयी भए । उनको निकटम प्रतिद्वन्द्वी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत ल्याएकी थिइन् । एमालेका टिकाराम तामाङले ६ हजार ४६३ मत ल्याए ।

 

त्यसैगरी श्रम संस्कृति पार्टी खोटाङमा १६ हजार ६१२ मत सहित आरेन राई विजयी भए । उनको निकटम प्रतिद्वन्द्वी एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत ल्याए भने कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याए ।

 

त्यस्तै श्रम संस्कृति पार्टीबाट भोजपुरमा १६ हजार ६६३ मत प्राप्त गरी ध्रुवराज राई निर्वाचित भएका छन् । त्यहाँ उनको निकटम प्रतिद्वन्द्वी एमालेका शेरधन राईलाई पराजित गरेका हुन् । शेरधनले १४ हजार ७५० मत ल्याए । कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत ल्याएका थिए ।

 

समानुपातिकतर्फ पनि ४२ लाख बढी मत गणना हुँदा श्रम संस्कृति पार्टीले ९७ हजार ६६० मत ल्याएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...