Texas College
YouTube Link

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

Facebook Link

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो ।

 

मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो । अबदेखि काठमाडौंको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ ।

 

काठमाडौंको ठूलोभर्‍याङ यातायात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ । भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँस्थापनाको क्रममा रहेको मन्त्रालयको भनाइ छ । निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता भइसकेको छ । नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन् ।

 

सञ्चारमन्त्री खरेलको विशेष सक्रियतमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो । प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ । ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ ।

 

त्यसैगरी नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ३५ स्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ । भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ ।

 

गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णय गरेका थिए । मन्त्रालयका अनुसार उपत्यका बाहिरका महत्वपूर्ण १० वटा सहरमा पनि निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच पुर्याउने काम अघि बढेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राशन स्केल बृद्धिको निर्णय : नेपाल प्रहरीका सकल दर्जामा उत्साहको सञ्चार

राशन स्केल बृद्धिको निर्णय : नेपाल प्रहरीका सकल दर्जामा उत्साहको सञ्चार

वि.सं.२०८२ माघ १६ शुक्रवार १३:१७

काठमाडौं: प्रहरी महानिरीक्षक दानबहादुर कार्की नेपाल प्रहरीका कर्मचारीहरुको राशनको स्केल...

निर्वाचन आयोगद्वारा विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

निर्वाचन आयोगद्वारा विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

वि.सं.२०८२ माघ १६ शुक्रवार ०८:१०

काठमाडौं: निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको...

उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना, तराई भेगमा हुस्सु लाग्ने

उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना, तराई भेगमा हुस्सु लाग्ने

वि.सं.२०८२ माघ १६ शुक्रवार ०७:४१

काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस...

आज शहीद दिवसः विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

आज शहीद दिवसः विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

वि.सं.२०८२ माघ १६ शुक्रवार ०७:१५

काठमाडौं: प्रजातन्त्रका लागि प्राण आहुति दिने शहीदप्रति श्रद्धा सुमन व्यक्त...

हेर्नुहोस् आज २०८२ माघ १६ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ १६ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ माघ १६ शुक्रवार ०६:५५

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए

ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए

वि.सं.२०८२ माघ १३ मंगलवार १४:२३

काठमाडौं: रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा...