YouTube Link

होली पर्व : आचार-संहिता र कानूनले बर्जित गरेका विषय ख्याल गर्न नेपाल प्रहरीको आग्रह

Facebook Link

काठमाडौं: ऐतिहासिक महत्व बोकेको साँस्कृतिक पर्व होलीलाई एकता, सदभाव र आत्मीयतापूर्वक मनाउन नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले देशबासीहरुसँग आग्रह गरेका छन् । फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी आचार-संहिता र कानूनले बर्जित गरेका कुराहरुलाई ख्याल गर्दै वर्षमा एकपटक आउने ऐतिहासिक महत्वको साँस्कृतिक पर्व होलीलाई हर्षोल्लासपूर्वक मनाउन उनले सम्झाएका छन् ।

 

सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण गराउँदै केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक काफ्ले भन्छन्- ‘ऐतिहासिक महत्वको साँस्कृतिक पर्व होलीसँगै प्रतिनिधिसभा निर्वाचन पनि परेकाले आमजनसमुदायले झन् जिम्मेवार नागरिक बनेर यो पर्व मनाउन नेपाल प्रहरी आग्रह गर्दछ । शान्ति-सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा हो-हल्ला एवं झै-झगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने काम नगर्न हामी आग्रह गर्दछौं ।’

 

‘ऐतिहासिक महत्वको साँस्कृतिक पर्व होलीले राष्ट्रिय एकता कायम गरोस्, देशमा बसोबास गर्ने विभिन्न वर्ग-समुदायबीच भ्रातृत्वभावको विकास होस् भन्ने नेपाल प्रहरीको कामना छ’ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक काफ्लेको भनाई छ- ‘एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी फिल्डमा छन् । होली पर्वका नाममा निर्वाचन आचार-संहिताविपरीत र कानूनद्वारा बर्जित क्रियाकलाप नहोस् भनेर सुरक्षा व्यवस्था मजवुत पारिएको छ । कसैको इच्छाविपरीत रंग एवं पानीको लोला हान्ने, पानीको फोहोरा फाल्ने, जवर्जस्ती रंग दल्ने अमर्यादित कार्य नहोउन् भन्नेमा हामी सचेत छौं ।’

 

होलीसँगै फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार मजवुत सुरक्षा व्यवस्था कायम गरिएकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गरी धार्मिक तथा साँस्कृतिक रुपमा आ-आफ्नो घर-कम्पाउण्डभित्र अरु कोही-कसैलाई बाधा-अवरोध नपर्ने गरी आफन्त, परिवारजन, साथीभाइसँग होली पर्व मनाउन सुझावसहित केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक काफ्लेले आफ्नो अधिकारको उपयोग गर्दा अरुको अधिकार हनन् नहुने गरी ऐतिहासिक महत्वको साँस्कृतिक पर्व होलीलाई मर्यादित, अनुशासित र व्यवस्थित ढंगले मनाउन सम्झाउँदै आचार-संहिताविपरीत एवं गैरकानूनी क्रियाकलाप भएमा प्रचलित कानूनबमोजिम हुने कुरा स्मरण गराएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...