Texas College
YouTube Link

गंगा सोनामले जितिन् नेपाल आइडल सिजन ६ को उपाधि

Facebook Link

काठमाडौं: ‘नेपाल आइडल’ सिजन-६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छिन् । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन-६ को आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

 

विजेता बनेसँगै गंगाले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ तथा विभिन्न उपहार प्राप्त गरेकी छन् । यस सिजनमा सिक्किम (भारत) की बबिता थापामगर फर्स्ट रनरअप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन् । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँ सहित विभिन्न उपहार हात पारेका छन् । यस्तै दार्जिलिङका अभिनय खाती चौथो बने भने काठमाडौंका मृनल मानन्धर पाँचौँ स्थानमा आएका छन् । चौथो र पाँचौँ भएका दुबै जनाले एक/एक लाख रूपैयाँ पुरस्कार हात पारेका छन् ।

 

नेपाल आइडलको यो सिजनमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए भने आसिफ शाहले उद्घोषण गरेका थिए । सुरेश पौडेल र एलेन श्रेष्ठले शोको निर्देशन गरेका हुन् । ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भएको फिनालेलाई लाइभ प्रसारण गरिएको थियो । यसअघि नेपाल आइडलमा क्रमशः बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापामगर र अघिल्लो वर्ष करण परियारले उपाधि हात पारेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राशन स्केल बृद्धिको निर्णय : नेपाल प्रहरीका सकल दर्जामा उत्साहको सञ्चार

राशन स्केल बृद्धिको निर्णय : नेपाल प्रहरीका सकल दर्जामा उत्साहको सञ्चार

वि.सं.२०८२ माघ १६ शुक्रवार १३:१७

काठमाडौं: प्रहरी महानिरीक्षक दानबहादुर कार्की नेपाल प्रहरीका कर्मचारीहरुको राशनको स्केल...

निर्वाचन आयोगद्वारा विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

निर्वाचन आयोगद्वारा विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

वि.सं.२०८२ माघ १६ शुक्रवार ०८:१०

काठमाडौं: निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको...

उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना, तराई भेगमा हुस्सु लाग्ने

उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना, तराई भेगमा हुस्सु लाग्ने

वि.सं.२०८२ माघ १६ शुक्रवार ०७:४१

काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस...

आज शहीद दिवसः विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

आज शहीद दिवसः विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

वि.सं.२०८२ माघ १६ शुक्रवार ०७:१५

काठमाडौं: प्रजातन्त्रका लागि प्राण आहुति दिने शहीदप्रति श्रद्धा सुमन व्यक्त...

हेर्नुहोस् आज २०८२ माघ १६ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ १६ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ माघ १६ शुक्रवार ०६:५५

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए

ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए

वि.सं.२०८२ माघ १३ मंगलवार १४:२३

काठमाडौं: रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा...