Texas College
YouTube Link

रणनीतिक र दूरदर्शी कमाण्डर : सुरक्षामा अब्बल

Facebook Link
vision

पहिलो संविधानसभा निर्वाचनको सुरक्षा कमाण्ड गरेको सशस्त्र प्रहरी बल, नेपालले द्वन्द्व शान्तिमा रुपान्तरण भएपछिको पहिलो निर्वाचन शान्तिपूर्वक सम्पन्न गरेर दुनियाँलाई उदाहरण प्रस्तुत गरेको थियो । एउटा विशेष परिस्थितिमा द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने ध्येयका साथ गठन भएको सशस्त्र प्रहरी बल, नेपालले आफ्नो उद्देश्यप्राप्तिमा अब्बल भूमिका निर्वाह गर्दै द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न खेलेको भूमिकाको पनि सर्वत्र प्रशंसा भएकै हो ।

 

द्वन्द्व शान्तिमा रुपान्तरण भएपछि सशस्त्र प्रहरी बल, नेपालको भूमिका फेरियो । आन्तरिक सुरक्षाका विविध आयाम राजश्व चुहावट नियन्त्रण, सीमा, महत्वपूर्ण व्यक्ति, औद्योगिक प्रतिष्ठान, हाइवेलगायतको सुरक्षाका साथै विपद्-उद्धार उसका जिम्मामा परे । ती जिम्मेवारीमा उसले खेलेको भूमिका सबैका सामु छर्लङ्ग छ । हाइवेमा हुने चोरी-डकैती, लुटपाट, सीमामा हुने तस्करी, औद्योगिक प्रतिष्ठानमा हुने चन्दा आतंक अहिले छिटफूटबाहेक बन्द छन् भने विपद्-उद्धारमा सशस्त्र प्रहरी बल, नेपालको खटाई नदेख्ने शायदै होलान् ।

 

रणनीतिक र दूरदर्शी संगठन प्रमुख पाउनु पनि सशस्त्र प्रहरी बल, नेपालको सुरक्षा सफलताको कारण हुनसक्छ । अहिले राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपालको कमाण्ड सम्हालिरहेका छन् । सांगठनिक सुधारलाई चुस्त बनाउन राजनीतिक हस्तक्षेप छेक्न प्रयासरत सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्र-राष्ट्रबासी र संगठनको हितमा खरो प्रस्तुत हुने, तर बहालवालामात्र होइन, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीको मनमा डेरा जमाएका कमाण्डर हुन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको स्पष्ट मान्यता छ- ‘चेन अफ कमाण्डमा चल्ने सुरक्षा संगठनमा सामान्य कमजोरी पनि शायद क्षम्य हुँदैन ।’

 

माघ ९ गते गठनको २५ औं वार्षिकोत्सव (रजत महोत्सव) मनाउँदै गरेको सशस्त्र प्रहरी बल, नेपालको कमाण्ड २०७९ साल वैशाख १८ गतेबाट सम्हालेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनमा राजनीतिक हस्तक्षेप छेक्नेमात्र होइन, बोर्डर आउट पोष्ट (बीओपी) को संख्या बढाएर सीमा सुरक्षालाई प्रभावकारी बनाउन, लामो समयदेखि रोकिएका बढुवा प्रक्रियालाई गति दिन, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउँदै सांगठनिक क्रियाकलापलाई पारदर्शी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्पष्ट छ ।

 

यतिमात्र होइन, अध्ययनशील र बौद्धिक संगठन प्रमुखका रुपमा चिनिएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई अनुशासन, विवेक र संयमताका साथ आफ्नो कार्य सम्पादन गर्न बारम्बर अह्राउँदैमात्र आएका छैनन्, जिम्मेवारीबोध नगर्नेहरुलाई तत्काल कारबाहीको नीति अवलम्वन गरेका छन् भने तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल बढाउन विभिन्न युनिटहरुमा युनिट फण्डको अवधारणासमेत कार्यान्वयनमा ल्याएका छन् । सशस्त्र प्रहरी बल, नेपालमा यस्ता थुप्रै नीतिगत र व्यवहारिक सुधार गरेका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालजस्ता कमाण्डर पाउनुमा शायद सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीले गर्व महसुस गरेकै होलान् ।

 

आफ्नो गठनको २५ औं वार्षिकोत्सव (रजत महोत्सव) लाई सामाजिक उत्तरदायित्वसँग जोडेर सशस्त्र प्रहरी बल, नेपालका बाहिनी, गण, गुल्मलगायतका देशभरका युनिटहरुले जनमन छुने गरी विभिन्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिरहेका छन्, जसबाट विद्यार्थी, महिला, जेष्ठ नागरिक, अल्पसंख्यक समुदाय, सीमाबासी नेपालीहरु बढी नै लाभान्वित भएका खबरहरु प्राप्त छन् । स्थानीयहरुको अवस्था, आवश्यकता र समस्याका बारेमा सशस्त्र प्रहरी अधिकारीहरुले सम्वाद गरेर सशस्त्र प्रहरी बल, नेपालको छवि जनतामाझ उजिल्याउन थप भूमिका खेलिरहेको पाइएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
हेर्नुहोस् आज २०८२ माघ १३ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ १३ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८२ माघ १३ मंगलवार ०६:४८

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

‘बलियो एकता, सुरक्षित राष्ट्र’ स्लोगनसहित ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ हुने

‘बलियो एकता, सुरक्षित राष्ट्र’ स्लोगनसहित ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ हुने

वि.सं.२०८२ माघ १२ सोमवार १२:२४

काठमाडौं: 'बलियो एकता, सुरक्षित राष्ट्र' स्लोगनसहित २ सय ६३ औं...

नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा गगनलाई अघि सार्‍यो

नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा गगनलाई अघि सार्‍यो

वि.सं.२०८२ माघ ९ शुक्रवार १६:३२

काठमाडौं: नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि...

उत्कृष्ट  मिडिया समन्वय पुरस्कार सह-प्रवक्ता सप्रनाउ थापालाई

उत्कृष्ट  मिडिया समन्वय पुरस्कार सह-प्रवक्ता सप्रनाउ थापालाई

वि.सं.२०८२ माघ ९ शुक्रवार १४:२८

काठमाडौं: सशस्त्र प्रहरी बलका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र...

आज दिउँसोबाट मौसम बदली भइ वर्षा र हिमपात हुने सम्भावना

आज दिउँसोबाट मौसम बदली भइ वर्षा र हिमपात हुने सम्भावना

वि.सं.२०८२ माघ ९ शुक्रवार १०:११

काठमाडौं: पश्चिमी वायुको प्रभावका कारण आज अपराह्नदेखि मौसम बदली हुने...

उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

वि.सं.२०८२ माघ ९ शुक्रवार ०९:५६

काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १...