YouTube Link

मुख्य राजनीतिक दलको महत्वाकांक्षी एजेन्डा अर्थतन्त्रमा

Facebook Link

काठमाडौं: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि मुख्य राजनितिक दलले घोषणापत्र जारी गर्दै अर्थतन्त्रमा प्राथामिकता दिएको पाईएको छ । सबै राजनीतिक दलहरुले आ-आफ्नो घोषणापत्रमा देशको अर्थतन्त्र पुनरुत्थान, रोजगारी, पर्यटन, उर्जादेखि अर्थतन्त्रको आकार मुख्य महत्वाकांक्षी एजेन्डाको रुपमा प्रस्तुत गरेका छन् ।

 

नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का घोषणापत्रलाई विश्लेषण गर्दा नेपालको आर्थिक समृद्धिका लागि आत्मनिर्भर अर्थतन्त्रको रोडम्याप देखाएका हुन । दलहरुको घोषणापत्रको देशको ५ वर्षमा नयाँ फड्को मार्ने दाबी समेत गरेका छन् । नेपाली कांग्रेसले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार ११५ खर्ब रुपैयाँ पुर्‍याउने र प्रतिव्यक्ति आम्दानी २५०० अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ ।

 

नेकपा (एमाले) ले ५ वर्षमा अर्थतन्त्र १०० खर्ब र १० वर्षमा २०० खर्ब पुर्‍याउने घोषणा गरेको छ । एमालेले प्रतिव्यक्ति आय ३००० डलर पुर्‍याउनेदेखि १५ वर्षभित्र पूर्वपश्चिम विद्युतीय रेलमार्ग बनाइसक्ने समेत घोषणा गरेको छ । नेपालले आर्थिक बृद्धिदर ७ देखि ९ प्रतिशत पुर्‍याउने उल्लेख गरेको छ ।

 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५ देखि ७ वर्षभित्र अर्थतन्त्रको आकार १०० अर्ब डलर बनाउने घोषणा गरेको छ भने प्रतिव्यक्ति आय ३००० डलर पुर्‍याउने बाचा गरेको छ । दुई वर्षभित्र राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने दाबी गरेको छ ।

 

नेपाली कम्युनिस्ट पार्टीले पनि ५ वर्षमा १० प्रतिशत आर्थिक वृद्धिदर र १५ लाख लाई रोजगारी दिने र स्टार्टअप र आईटी उद्योगलाई पाँच वर्षसम्म कर छुट हुने घोषणापत्रमा उल्लेख गरेको छ ।

 

नेपाली कांग्रेस

– १ सय १५ खर्ब रुपैयाँ अर्थतन्त्र

– पाँच वर्षमा आर्थिक पुनरुत्थान अर्थदशक घोषणा

– करका दरहरु १० देखि १५ वर्षसम्म स्थिर राख्ने

– न्यूनतम साझा आर्थिक एजेन्डामा राष्ट्रिय सहमति

– वार्षिक १० लाखरुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने

– पाँच वर्षभित्र १५ लाख नयाँ रोजगारी

– प्रतिव्यक्ति आयलाई आगामी पाँच वर्षभित्र २,५०० अमेरिकी डलर

– पाँच वर्षमा १४,००० मेगावाट विद्युत उत्पादन

– स्टार्टअप युवा व्यवसायलाई ५ देखि ५० लाख बिना धितो परियोजनाको आधारमा ऋण

– कृषि बिमाको प्रिमियममा ९० प्रतिशतसम्म अनुदान

– नेपाली उत्पादन नेपाली सान अभियान

– भ्याटलाई १३ वाट १० प्रतिशतमा झार्ने

 

नेकपा (एमाले)

– पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०० खर्ब

– १० वर्षभित्र २०० खर्ब रुपैयाँ पुर्‍याउने

– पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर

– ७ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धिदर

– ५ लाखलाई रोजगारी सृजना

– श्रमिकको न्यूनतम तलव २५ हजार रुपैयाँ सुनिश्चित

– पूर्व–पश्चिम विद्युतीय रेलमार्ग १० वर्षभित्र सम्पन्न गर्ने

– सबै नागरिकको अनिवार्य स्वास्थ्य बीमा र सामाजिक सुरक्षा

– तीन वर्ष निर्यात दोब्बर ५ वर्षमा तेब्बर

– नेपाललाई अर्गानिक हब बनाउने

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

– अर्थतन्त्रको आधार १०० अर्ब डलर

– ‘डिजिटल अर्थतन्त्र’ लाई प्राथमिकता

– स्टार्टअप र प्रविधि क्षेत्रमा केन्द्रित हुने

– पाँच वर्षमा १२  लाख रोजगारी

– १० वर्षमा ३०,००० मेगावाट जलविद्युत उत्पादन

– आर्थिक प्रगतिका बाधक दुई दर्जन ऐन खारेज

– आर्थिक बृद्धिदर ७ प्रतिशत

– प्रतिव्यक्ति आय ३ हजार

– राष्ट्रिय गौरवको आयोजना २ वर्ष भित्र सम्पन्न गर्ने

– १० वर्षमा ३० अर्ब डलरको आईटी निर्यात

 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)

– पाँच वर्षमा आर्थिक वृद्धिदर १० प्रतिशत

– पाँच वर्षमा १५ लाख रोजगारी

– ‘कृषि लगानी दशक’ घोषणा र उत्पादनमा आत्मनिर्भरता

– पाँच वर्षमा कुल क्षमता १५,००० मेगावाट विद्युत उत्पादन

– पाँच वर्ष भित्र ८० प्रतिशत भूभागमा सिचाँइ

– स्टार्टअप र आईटी उद्योगलाई पाँच वर्षसम्म कर छुट

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...