गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक
वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६
2.2K
shares
काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो बढ्यो नि…’ बोलको गीत आफ्नै यूट्युव च्यानल मार्फत सार्वजानिक गरेका छन् । संगीतकार युवा राईको शब्द रहेको गीतमा संगीत पनि स्वयं राईको नै रहेको छ ।
प्राकृतिक सुन्दरताको वर्णन गरिएको यस गीतमा मायाप्रेमको भाव पनि झल्किएको देखिन्छ । गायक महेश स्वयंले सम्पादन गरेको भिडियो जर्सिङपौवाको रमणीय स्थलमा छायांकन गरिएको छ । विगत लामो समयदेखि निरन्तर सांगीतिक क्षेत्रमा लागेका गायक महेश मुखिया सुनुवार नेपाली चलचित्रमा पनि पार्श्व गायन र रियालेटी शो देखि विभिन्न मेला महोत्सव हुँदै देश विदेशमा समेत आफ्नो सांगीतिक प्रस्तुती दिँदै आएका छन् ।
गायक महेशको चर्चामा रहेका गीत ‘भिज्यो तिम्रो रातो पछ्यौरी…’, ‘जापानी टाईफन…’, ‘माथि माथि लेकमा …’, ‘बाजा बजाउँदै…’, ‘सिउरेनी वनमा…’, ‘शनिले छोड्छ बरु…’, ‘आउ नाचौं…’, ‘गाउँ घरमा…’, ‘त्यो पारी गाउँको…’, ‘शनिबारको दिन…’, ‘केहि दिन म टाढा हुँदैछु…’ लगायत दर्जनौ गीत गाएका महेशले मातृभाषा सुनुवार गीतमा पनि आफ्नो छाप छोडिसकेका छन् ।
(पुरा भिडियो हेर्नको लागि)
वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६




















