YouTube Link

निर्वाचन सुरक्षाका लागि आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

Facebook Link

काठमाडौं: फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन लक्षित गरी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देशभरका सशस्त्र प्रहरी बल, नेपालका युनिटहरुलाई निर्वाचनको समयमा नेपाल प्रहरी वा निर्वाचनमा खटिएका कर्मचारीलाई सहयोग आवश्यक परेमा तत्काल खटिन र त्यसको लागि आदेश लिइरहन नपर्ने निर्देशन दिएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भूकम्पजस्ता प्रकोपमा स्वतः परिचालन भएजस्तै निर्वाचनको समयमा पनि अन्य निकायका सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक परेको खण्डमा स्वतः परिचालित हुन र परिचालनपश्चात् मुख्यालयलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।

 

‘आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्, आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो’ सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भनेका छन् । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्की मातहत परिचालन हुने निर्वाचन प्रहरीहरुलाई समेत पूर्ण आत्मविश्वासकासाथ निर्वाचनमा परिचालन भई निर्वाचन सुरक्षामा खटिनुपर्नेमा जोड दिए । उनले स्याङ्जा र पाल्पा जिल्लाका सशस्त्र प्रहरी बल, नेपालका युनिटहरु पुगेर निर्वाचन सुरक्षाबारे जानकारीसमेत लिएका छन् । स्याङ्जास्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्तरीय सुरक्षा समितिका पदाधिकारीहरुसँग महानिरीक्षक अर्यालले आशन्न निर्वाचनको सुरक्षा बारेमा जानकारी लिए ।

 

निर्वाचन विथोल्न खोज्नेहरुको प्रयास विफल बनाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीबीच समन्वय र सहकार्य जरुरी रहेको बताउँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निष्पक्ष निर्वाचन र मतदाताको सुरक्षामा कुनै कमी-कमजोरी नगर्न निर्देशन दिए । सो क्रममा स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जिल्लामा नै आएर शान्ति- सुरक्षा बारे जानकारी लिनुभएकोमा सुरक्षा व्यवस्थापनमा थप उर्जा मिलेको बताए । यसैगरी महानिरीक्षक अर्यालले स्याङ्जा वालिङ्गस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गुल्म र निर्वाचन सुरक्षा बेश गल्याङ पुगेर निर्वाचन तयारीबारे जानकारी लिनुकासाथै आवश्यक निर्देशन दिए ।

 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गुल्म पाल्पासमेत पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका छन् । सो क्रममा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक झुपाकुमारी पन्थीले निर्वाचन सुरक्षाबारे जानकारी गराउनुकासाथै प्रमुख जिल्ला अधिकारी विनु बज्रचार्य कुँवरलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग जिल्लाको शान्ति-सुरक्षा र निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन् । महानिरीक्षक अर्यालले उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा खटिन र नेपाली सेना, नेपाल प्रहरी र निर्वाचन कर्मचारीहरुलाई थप मद्दत र सहयोग आवश्यक परेमा आदेशविना नै तत्काल परिचालन हुन देशैभरका युनिटलाई निर्देशन दिएको जानकारी सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले दिएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...