महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक भएको छ । शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनको डवलीमा आयोजित एक कार्यक्रममा यो पुस्तक लोकार्पण गरिएको हो । लोकार्पण कार्यक्रममा स्वयं महानायक राजेश हमाल, लेखक यज्ञश, चर्चित लेखक बुद्धिसागर र मधु भट्टराईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे । ‘युगदेखि युगसम्म’ मा राजेश हमालको पर्दादेखि पानासम्मको लामो यात्रा, चलचित्र क्षेत्रमा बिताएको समय, सङ्घर्ष, सफलताका कथाहरू र व्यक्तिगत जीवनका सम्झनाहरू समेटिएका छन् । […]