YouTube Link

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

Facebook Link

काठमाडौं: नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक भएको छ । शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनको डवलीमा आयोजित एक कार्यक्रममा यो पुस्तक लोकार्पण गरिएको हो ।

 

लोकार्पण कार्यक्रममा स्वयं महानायक राजेश हमाल, लेखक यज्ञश, चर्चित लेखक बुद्धिसागर र मधु भट्टराईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे । ‘युगदेखि युगसम्म’ मा राजेश हमालको पर्दादेखि पानासम्मको लामो यात्रा, चलचित्र क्षेत्रमा बिताएको समय, सङ्घर्ष, सफलताका कथाहरू र व्यक्तिगत जीवनका सम्झनाहरू समेटिएका छन् । पुस्तकले हमालको जीवनका स्मृति र संस्कारहरूलाई आत्मीय ढङ्गले प्रस्तुत गरेको छ ।

 

तस्बीरः मुकुन्द कालिकोटे

 

कार्यक्रममा उपस्थित चलचित्रप्रेमी र पाठकहरूको उत्साह उल्लेखनीय थियो । पुस्तकमा हमालको चलचित्रमा योगदान मात्र नभई उनको विचार, समाजप्रतिको दृष्टिकोण र नेपाली सिनेमा विकासमा दिएको भूमिका पनि समेटिएको छ । महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ चलचित्रप्रेमी, साहित्यप्रेमी र हमालका प्रशंसकहरूका लागि पढ्नैपर्ने कृति बनेको उपस्थित सबैले बताएका थिए ।

तस्बीरः मुकुन्द कालिकोटे

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

वि.सं.२०८२ असोज २६ आइतवार १०:५९

काठमाडौं: गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन...

नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

वि.सं.२०८२ असोज २६ आइतवार १०:३८

काठमाडौं: आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत...

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

वि.सं.२०८२ असोज २३ बिहीवार ०७:१८

काठमाडौं: नेपालले आइसिसी टि-२० विश्वकप एसिया एण्ड इस्ट-एसिया प्यासिफिक छनोटमा...

यी कमाण्डर, जो सम्वाद, तथ्य र रणनीतिक संयोजनको उदाहरण बने

यी कमाण्डर, जो सम्वाद, तथ्य र रणनीतिक संयोजनको उदाहरण बने

वि.सं.२०८२ असोज २२ बुधवार १५:२१

काठमाडौै उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी...

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

वि.सं.२०८२ असोज २२ बुधवार १२:०५

काठमाडौं: मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-२० सिरिजको उपाधि जितेको...

नेपालले आज कुवेतसँग प्रतिष्पर्धा गर्दै

नेपालले आज कुवेतसँग प्रतिष्पर्धा गर्दै

वि.सं.२०८२ असोज २२ बुधवार ०७:४३

काठमाडौं: टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले आज...