YouTube Link

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

Facebook Link

काठमाडौं: नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक भएको छ । शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनको डवलीमा आयोजित एक कार्यक्रममा यो पुस्तक लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रममा स्वयं महानायक राजेश हमाल, लेखक यज्ञश, चर्चित लेखक बुद्धिसागर र मधु भट्टराईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे । ‘युगदेखि युगसम्म’ मा राजेश हमालको पर्दादेखि पानासम्मको लामो यात्रा, चलचित्र क्षेत्रमा बिताएको समय, सङ्घर्ष, सफलताका कथाहरू र व्यक्तिगत जीवनका सम्झनाहरू समेटिएका छन् । पुस्तकले हमालको जीवनका स्मृति र संस्कारहरूलाई आत्मीय ढङ्गले प्रस्तुत गरेको छ ।

तस्बीरः मुकुन्द कालिकोटे

कार्यक्रममा उपस्थित चलचित्रप्रेमी र पाठकहरूको उत्साह उल्लेखनीय थियो । पुस्तकमा हमालको चलचित्रमा योगदान मात्र नभई उनको विचार, समाजप्रतिको दृष्टिकोण र नेपाली सिनेमा विकासमा दिएको भूमिका पनि समेटिएको छ । महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ चलचित्रप्रेमी, साहित्यप्रेमी र हमालका प्रशंसकहरूका लागि पढ्नैपर्ने कृति बनेको उपस्थित सबैले बताएका थिए ।

तस्बीरः मुकुन्द कालिकोटे

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...