YouTube Link

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले डिलाइट च्यारिटी म्यूजिक शो गरेर मनाए क्रिशमस डे (फोटो समाचार)

Facebook Link

काठमाडौं: अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले क्रिशमस डेको अवसरमा डिलाइट च्यारिटी म्यूजिक शो गरेर भव्यताका साथ मनाएको छ । डिलाईट हेरिटेज म्यूजिकको आयोजनामा ठमेलस्थित नेपाली घर होटलमा क्रिशमस डेको अवसरमा बालबालिकाले च्यारिटी म्यूजिक शो गरेको हो ।

 

हरेक वर्ष अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाको सहयोगका लागि डिलाइट एक्सप्लोरिङ हेरिटेज म्युजिककले च्यारिटी शो गर्दै आएको छ । क्रिशमस डेको अवसरमा आयोजित म्यूजिक शोमा प्रमुख अतिथि दुङ्गसे रिम्पोछेले बालबालिकाहरुको कला र प्रस्तुती हेरेर प्रशंसा समेत गरेका थिए । त्यसैगरी नेपाली घर होटलका सञ्चालक राजु श्रेष्ठले सहभागी बालबालिकाहरुलाई खानपिनको व्यवस्था गरेका थिए ।

 

 

शिक्षाको अभाव झेलेका दुर्गमका दृष्टिविहिन बालबालिकाहरुलाई सांगीतिक अभ्यास गराउँदै आएको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले विगत छ वर्षदेखि नेपालमा रहेको टिपिकल बाद्यावादन अन्तर्गत मादल, तवला, गिटार, सारङ्गी, हार्मोनियम, पीएनो, जाइलोफोन लगायतका सिप सिकाउदै आएको छ । ब्रम्हकुमारी मार्ग, ज्याठा, ठमेल काठमाडौमा रहेको डिलाईट म्यूजिक स्कुलले पीएनो, सारङ्गी, सेक्सोफोन, गीटार, मादल, बाँसुरी, वेस्टन फ्लुट लगायतका विभिन्न बद्यबादनहरु सिकाउँदै आईरहको छ ।

 

 

ताइवानी नागरिक जेवेल चिएङले स्थापना गरेको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरबाटै उक्त सांगीतिक कक्षाहरु सञ्चालन हुँदै आएको छ । उक्त केयर सेन्टरका फाउण्डर समेत रहेकी चिएङकै सम्पूर्ण सहयोगमा विभिन्न जिल्लामा रहेका असाहय दृष्टिबिहीन बालबालिकाहरुले बाद्यबादन सम्बन्धी सबै खाले सिप सिक्दै आएको डिलाइट एक्सप्लोरिङ हेरिटेज म्युजिककका कार्यकारी अधिकृत राजेश गुरुङले गराए । गुरुङले देशभर विभिन्न ठाउँबाट आएका दृष्टिविहीन बालबालिकाहरुलाई विगत तीन वर्षदेखि संगीत तथा बाद्यवादन सिकाउनका लागि आवश्यक खर्चको व्यवस्था ताइवानी नागरिक जेवेल चिएङले गर्दै आएको बताए । सांगीतिक कार्यक्रममा भाग लिँदा उनीहरुले आर्थिक सहयोग, सम्मान तथा पुरस्कार समेत पाउने गरेको गुरुङले बताए । सो कक्षा सञ्चालनका लागि शिक्षकको व्यवस्था ताइवानी नागरिक चिएङले व्यवस्था गरेका छन् भने उनले नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...