YouTube Link

भारतीय सैनिकहरूले गरेको कब्जा र उत्पीडनको एक कालो अध्याय

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपालस्थित पाकिस्तानी दूतावास, काठमाडौंले ‘कश्मीर-कब्जामा परेका मानव तथा आर्थिक अधिकारहरूको मुद्दा’ शीर्षकमा कश्मीर कालो दिवसको अवसर पारेर नेपालका सम्पादक-सञ्चारकर्मीहरु, नागरिक समाज र बुद्धिजीबी अगुवाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । ७७ वर्षअघि सन् १९४७ को अक्टोवर २७ का दिन भारतीय सेनाले अन्तर्राष्ट्रिय कानूनको खुला उल्लङ्घन गर्दै श्रीनगर विमानस्थलमा अवतरण गरी आधुनिक इतिहासमा सबैभन्दा दीर्घकालीन विवादमध्ये एकलाई जन्म दिएको थियो ।

 

अन्तरक्रिया कार्यक्रमका क्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीका सन्देशहरू वाचन गरिएका थियो । जसमा राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो सन्देशमा स्मरण गरे कि सन् १९४७ को यही दिन भारतीय सैनिकहरूले अन्तर्राष्ट्रिय कानूनको खुला उल्लङ्घन गर्दै श्रीनगर प्रवेश गरेका थिए, जसले कब्जा र उत्पीडनको एक कालो अध्यायको शुरुवात गर्‍यो । उनले सन्देशमा भनेका छन् कि कश्मीरीहरूले पुस्तौँदेखि अवर्णनीय पीडा र योजनाबद्ध दमन सहँदै आएका छन् । राष्ट्रपतिले अन्तर्राष्ट्रिय समुदायलाई, विशेषगरी संयुक्त राष्ट्र सङ्घलाई, भारतद्वारा गरिएका गम्भीर मानवअधिकार उल्लङ्घनहरूको जवाफदेही बनाउन र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावअनुसार जम्मु-कश्मीर विवादको समाधानका लागि काम गर्न आह्वान गरेका छन् । उनले कश्मीरी जनताको पक्षमा पाकिस्तानको नैतिक, राजनीतिक र कूटनीतिक समर्थन निरन्तर रहने प्रतिबद्धतासमेत जनाएका छन् ।

 

प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले आफ्नो सन्देशमा अक्टोवर २७, १९४७ लाई कश्मीरको इतिहासको सबैभन्दा कालो दिनको रूपमा उल्लेख गर्दै कश्मीरी जनताको साहस र दृढताको प्रशंसा गरेका छन् । उनले भने कि २०१९ अगस्ट ५ पछि भारतका कदमहरूले जनसांख्यिकीय परिवर्तन, आवागमनमा रोकथाम तथा कश्मीरी नेताहरूको बन्दीकरणमार्फत् दमनलाई अझ तीव्र बनाएको छ । प्रधानमन्त्रीले जम्मु-कश्मीर मुद्दामा पाकिस्तानको सिद्धान्तगत धारणा दोहोर्‍याउँदै दक्षिण एसियामा शान्ति र स्थायित्व संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावअनुसार न्यायपूर्ण र शान्तिपूर्ण समाधानमा निर्भर रहेको बताएका छन् । उनले कश्मीरी जनतालाई पाकिस्तान राष्ट्र सधैं तिनीहरूको स्वतन्त्रता र आत्मनिर्णयको संघर्षमा साथ रहने आश्वासन दिएका छन् ।

 

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सेनाटर मोहम्मद इसहाक दारले आफ्नो सन्देशमा जम्मु-कश्मीरसम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूप्रति पाकिस्तानको अटल प्रतिबद्धता दोहोर्‍याएका छन् । उनले सन् २०१९ अगस्ट ५ पछि भारतद्वारा जम्मु-कश्मीरको एकपक्षीय स्थिति परिवर्तन र त्यसपछि गरिएको मानवअधिकार दमनको कडा निन्दा गरेका छन् । उनले पहलगाम हमलापछि बढाइएको दमनलाई भारतको निरन्तर कब्जा नीति भनेर वर्णन गर्दै अन्तर्राष्ट्रिय समुदायलाई कश्मीरी जनतामाथिको पीडा अन्त्य गर्न ठोस् कदम चाल्न आह्वान गरेका छन् ।

 

कार्यक्रमको समापनमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले पाकिस्तानको कश्मीर मुद्दाप्रतिको प्रतिबद्धता पुनः व्यक्त गर्दै, भारतीय अवैध रूपमा अधिग्रहित जम्मु-कश्मीरका जनताले आत्मनिर्णयको अविच्छिन्न अधिकार प्राप्त गर्नुपर्नेमा जोड दिए । उनले भने कि जम्मु-कश्मीरका जनताको राजनीतिक, आर्थिक र अन्य अधिकारहरू योजनाबद्ध रूपमा हनन् गरिएको छ । भारतले कठोर कानूनहरू प्रयोग गर्दै राजनीतिक स्वतन्त्रता, आर्थिक अवसर र सांस्कृतिक अधिकारहरू सीमित बनाई राज्यलाई ठूलो जेलमा परिणत गरिरहेको उल्लेख गरे । कार्यक्रमका सहभागीहरूले जम्मु-कश्मीरका उत्पीडित जनताप्रतिको एकता र ऐक्यबद्धता प्रकट गर्दै, अन्तर्राष्ट्रिय समुदायलाई उक्त क्षेत्रमा भइरहेका मानवअधिकार उल्लङ्घनहरूको अन्त्यका लागि प्रभावकारी भूमिका खेल्न आग्रह गरे ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...