YouTube Link

गीतकार टेक तामाङको नवीन प्रस्तुति ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’

Facebook Link

काठमाडौं: भावनामा बहेर सिर्जना गर्नुपर्ने गीत अनि कहिलेकाहीँ कठोर र अप्रिय लाग्ने निर्णय पनि गर्नुपर्ने प्रहरी पेशा । यो सम्भव छ ? नेपाल प्रहरीको निरीक्षकदेखि अतिरिक्त महानिरीक्षक भएर गएको भदौ १९ गते अवकाशमा जानु अघिसम्म टेकबहादुर तामाङ यस्तै-यस्तै प्रश्नले घेरिन्थे । तर, असम्भव केही छैन भन्ने उदाहरण प्रस्तुत गर्दै उनले कलम र बन्दूकको बेजोड समिश्रण गराउँदै आफूलाई चर्चित गीतकार टेक तामाङ भनेरसमेत चिनाए ।

 

नेपाल प्रहरी संगठनमा जिम्मेवारी निर्वाह गर्दा कतिपय जिम्मेवारीमा आफूलाई ‘रोल मोडल’ सावित गराएका चर्चित गीतकार टेक तामाङको ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’ बोलको गीतको म्यूजिक भिडियो भर्खरै टेक तामाङ अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ । गीत त सुमधुर छ नै, कलाकार सरोज खनाल र यु-२० राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरुले गीतको लयमा गरेको अभिनयसमेत नेपाली गीत-संगीतको दुनियाँमा नयाँ प्रयोग लाग्न सक्छ ।

 

गीत टेक तामाङ, म्यूजिक राजकुमार बगर, स्वर सत्यराज आचार्य, निर्देशन निकेश खड्का, अभिनय सरोज खनाल र यु-२० राष्ट्रिय महिला फुटबल टिम, एरेञ्ज सञ्जिव बराइली, क्यामेरा उत्सव दाहाल, प्रोडक्सन म्यानेजर सुदीप ढकाल, सम्पादन विकास धमला, पोष्टर सन्तोष डिजाइनिङको रहेको ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’ बोलको गीत र नवीन शैलीको म्यूजिक भिडियो खासगरी युवा पुस्ता, तर सबैखाले दर्शक-स्रोताको रोजाइमा पर्ने अपेक्षा गर्न सकिन्छ ।

 

हार र जीत जसको-जतिखेर पनि हुनसक्छ भन्ने सन्देश बोकेको ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’ बोलको भर्खरै सार्वजनिक भएको चर्चित गीतकार टेक तामाङको गीत र म्यूजिक भिडियोले ‘जीत र हार’ सँगसँगै ‘हार र जीत’ हुन्छ भन्ने प्रष्ट सन्देश दिन्छ । गीत-संगीतका पारखीले एकपटक सुने-हेरेपछि गीतको मर्म सहजै पत्ता लगाउन सक्छन् । स्मरणीय छ, केही समयअघि सम्पन्न ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ नेपाली गीत-संगीत क्षेत्रकै ऐतिहासिक कार्यक्रम सावित भएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...