YouTube Link

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

Facebook Link

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३ औँ मे फो तलो ग्याल्पो लोसार (घोडा वर्ष) को अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम अध्यक्ष एपी लामा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको छ ।

 

नेपालका महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यतामा न्यूयोर्कमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन विशेष अतिथि बौद्ध धर्मगुरु टुल्कु उर्गेन खम्बचे शेर्पाद्वारा मोलम पाठ तथा प्रकृतिपूजा गरिएको थियो । त्यसैगरी प्रमुख अतिथि दधिराम भण्डारी र धर्मगुरु टुल्कु उर्गेन खम्बचे शेर्पाद्वारा संयुक्त रूपमा छ्योमिन बाली उद्घाटन गरिएको थियो ।

 

 

कार्यक्रममा सल्लाहकार ङवाङ फिन्जो शेर्पा, संरक्षक पासाङ काजी शेर्पा, शेर्पा किदुग अमेरिकाका प्रवक्ता फरादेण्डी शेर्पा, शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई तेम्बा शेर्पा, ग्लोबल शेर्पा संघका महासचिव आङ जाङबु शेर्पा, तेण्डी शेर्पा, पेम्बा ग्याल्जेन शेर्पा, एनआरएनए अमेरिकाका उपाध्यक्ष आङ छिरिङ शेर्पा, शेर्पा संघ अमेरिका न्युजर्सी राज्यका अध्यक्ष नोर्की शेर्पा, नेपाली जनसम्पर्क समिति न्युयोर्कका अध्यक्ष दिनेश भण्डारी, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बाशु लामिछाने, न्युयोर्क राज्यका डेमोक्रेटिक पार्टीका प्राइमरी संसदका उम्मेदवार सोमनाथ घिमिरे, जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, किराँत याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरण लिम्बू, शेर्पा संघ अमेरिकाका संरक्षक डोल्मा शेर्पा तथा संरक्षक मिङ्मार शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

 

शुभकामना आदानप्रदान कार्यक्रम शेर्पा संघ अमेरिकाका महासचिव छिरिङ टकतोक शेर्पाले सञ्चालन गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण समुदायका महानुभावहरूको सक्रिय सहभागिताले लोसार पर्वको गरिमा अझ बढाएको आयोजकले जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...