YouTube Link

त्रिविको ५१औं दीक्षान्त समारोह आज, यी हुन् पार्किङ्ग स्थलहरु

Facebook Link

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त  समारोह आज दशरथ रङ्गशालामा हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको त्रिविले जनाएको छ ।

 

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए ।

 

विश्वविद्यालय उपकुलपति प्रा. डा. दीपक अर्यालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताए । मण्डप निर्माण,  दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको उनले जानकारी दिए ।

 

यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति प्रा. डा. अर्यालले बताए ।

 

कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा  तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।

 

दशरथ रङ्गशालामा हुने त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह कार्यक्रमको ट्राफिक व्यावस्थापनका लागि विभिन्न ठाउँमा पार्किङ स्थल तोकिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज ९:३० बजेदेखि ४ बजेसम्म  दशरथ रङ्गशालामा त्रिविको ५१औँ दीक्षान्त समारोह कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रम अवधिभर आवश्यक ट्राफिक व्यावस्थापन तथा सवारी आवागमनका लागि सवारी साधनको चापलाई हेरी आवश्यकता अनुसार डाइभर्सनसमेत गरिएको जनाएको छ ।

 

यी हुन् पार्किङ्ग स्थलहरु :

भिभिआइपी/भिआइपीहरू पार्किङ :- दशरथ रङ्गशाला मेनगेट छेउमा ।

राष्ट्रिय खेलकुद परिषद्‍ पार्किङ :- आयोजक त्रिभुवन विश्वविद्यालयको अफिसियलका लागि मात्र ।

परराष्ट्र मन्त्रालय कन्सुलर शाखा पार्किङ्ग :- दुई पाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधन ।

वर्ल्ड ट्रेड सेन्टर पार्किङ्ग :- दुईपाङग्रे सवारी साधनहरू ।

आर्मी हेडक्वाटर अगाडि पार्किङ्ग :- दुईपाङ्ग्रे सवारी साधनहरू ।

टुँडिखेल पार्किङ्ग :- दुईपाङ्ग्रे र चार पाङग्रे सवारी साधनहरू ।

 

यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वर सडकखण्ड हुँदै यात्रा गर्ने सवारी चालकहरूलाई उक्त मिति र समयमा  वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...