YouTube Link

काठमाडौं उपत्यका ट्राफिक प्रहरी : प्रभावकारी काम, सेवाग्राहीको ताली

Facebook Link

कसैले कल्पनासम्म गरेका थिएनन्, भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनसँगै ‘ट्रयाक’ बाहिर गएको काठमाडौं उपत्यकाको सडक नियम र अनुशासन यति चाँडै ‘ट्रयाक’ मा फर्केला भनेर । तर, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कमाण्डरको सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि अन्तर्गतका ट्राफिक प्रहरी कर्मचारीहरुको अथक मेहनतले ‘ट्रयाक’ बाहिर गएको काठमाडौं उपत्यकाको सडक नियम र अनुशासन लयमा फर्कन बेर नै लागेन । तत्कालिन अवस्थामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको कमाण्डर रहेका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले नै अहिले पनि कमाण्ड सम्हालिरहेका छन् ।

 

सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील, प्रभावकारी र परिणाममुखी बनाउनुपर्छ, त्यसले जनमन छुनुपर्छ भन्ने स्पष्ट मान्यताका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले कमाण्ड सम्हालेसँगै हराएका-चोरी भएका दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) पक्राऊ पर्ने क्रमले पनि तीव्रता पायो र सवारीधनीले आफ्नो सवारी साधन प्राप्त गर्ने सिलसिलासँगै ट्राफिक प्रहरी प्रशंसाको पात्रमात्र भएन, दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीको शाख पनि थप उजिल्याउँदै गयो ।

 

यसैबीच काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागुन ७ गते सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ३१ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए ।

 

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकास्थित काडाँघारी, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, नयाँबसपार्क, बालकुमारी, लोकन्थली, बसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागललगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । सम्बन्धित सवारी धनीलाई बुझाइएका ५३ ओटासहित २९६ ओटा सवारी साधन गत साउनयता काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइसकेको छ ।

 

चोरीका १६ ओटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न २९ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन जिम्मा लिएपश्चात् सवारी धनीहरुले खुशी व्यक्त गर्दै सामूहिकरुपमा ट्राफिक प्रहरीलाई धन्यवादसमेत दिएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा ४ सय १७ ओटा र २०८१/०८२ मा ५ सय ३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित सवारीधनीलाई जिम्मा लगाइसकेको छ ।

 

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्याण्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्न साथै जीपीएस जडान, मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अनुरोधसमेत गरेका छन् । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...