YouTube Link

निर्वाचनकै सन्दर्भमा सशस्त्र प्रहरीले गर्यो चम्पावत पुगेर समन्वयात्मक बैठक

World Cup 2026
Facebook Link

सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बलका बाहिनीस्तर (डीआईजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ । समन्वयात्मक बैठक सम्पन्न गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी आफ्नो प्रतिनिधि मण्डलको नेतृत्व गरी भारतको चम्पावत पुगेका थिए ।

 

बैठकमा आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी-निकासी, लागूऔषध ओसार-पसार नियन्त्रणसम्बन्धी छलफल भएको छ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा हुनसक्ने निर्वाचनविरोधी तत्वहरुको अवैध घुसपैठ रोक्न तथा मौन अवधिभर हुने सीमा नाका शीलका सन्दर्भमा समन्वयात्मक रूपमा प्रभावकारी नतिजा प्राप्त गर्ने गरी कार्य गर्नेसम्बन्धी समेत छलफल हुनुका साथै बैठकमा सीमा क्षेत्रमा हुनसक्ने अवैध गैरकानूनी गतिविधिहरुको सुक्ष्म निगरानी गरी सूचना आदान-प्रदान एवं त्यस्ता गतिविधिहरुलाई पूर्णनियन्त्रण गर्ने र विपद् व्यवस्थापनका सन्दर्भमा समन्वय गरी विभिन्न प्रकृतिका विपद् सिमुलेशन अभ्यासहरु संचालन गर्नेसम्बन्धी छलफल भएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

 

उक्त बैठकमा निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरुलाई सम्बोधन गर्न संयुक्त र समानान्तर सीमा गस्तीलाई सशक्त बनाउनको साथै सुरक्षा व्यवस्थालाई चुस्त एवं दुरुस्त पार्ने सम्बन्धमा समेत छलफल भएको छ । त्यसैगरी सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तेस्रो देशका नागरिकहरुको अनाधिकृत प्रवेश, लागूऔषध ओसार-पसार, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगदको तस्करी नियन्त्रणका लागि निरन्तर एवं घनिष्ठ सहकार्य गर्नका लागि आ-आफ्ना मातहतका युनिटहरुलाई निर्देशन दिने सन्दर्भमा समेत छलफल भएको छ ।

 

भारतीय सीमा सुरक्षा बल सेक्टर हेडक्वार्टर अल्मोरा र पिलिभितका डीआईजद्वय सुधान्सु नौटियाल र अनिलकुमार शर्मासहित सुदूरपश्चिम प्रदेशसँग सीमा क्षेत्रमा कार्यरत रहेका भारतीय समकक्षी सशस्त्र सीमा बलका सबै रेजिमेन्ट प्रमुखहरुको समेत उपस्थिति रहेको उक्त बैठकमा नेपाली प्रतिनिधि मण्डलका सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीलगायत सदस्यहरुमा सशस्त्र प्रहरी बल, नेपाल कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देल, दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक गुणराज न्यौपाने, बैतडी र डडेल्धुराका गुल्मपतिहरु सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय जङ्गबहादुर कुँवर र प्रकाशचन्द्र भट्टको सहभागिता रहेको नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले जानकारी दिएका छन् । सशस्त्र सीमा बल, भारत र सशस्त्र प्रहरी बल, नेपालबीच केन्द्रीय, प्रदेश र जिल्लास्तरमा विभिन्न समन्वयात्मक बैठकहरु निरन्तर हुँदै आइरहेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...