YouTube Link

नेपाल र इटाली आमनेसामने हुँदै, यस्तो छ ईतिहास

Facebook Link

काठमाडौं: भारत र श्रीलंकामा जारी टी-२० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आगामी आज इटलीसँग खेल्दैछ । भारतको मुम्बईमा खेल दिउँसो सवा ३:१५ बजे सुरु हुनेछ । नेपालले टी-२० आईमा पहिलो पटक इटलीको सामना गर्न लागेको हो । टी-२० फर्म्याटमा नेपालले इटलीको पहिलो पटक सामना गर्न लागेको हो ।

 

तर, ५० ओभरको प्रारुपमा भने नेपाल र इटली ३ पटक आमनेसामने भइसकेका छन् । इटलीसँग भएका तीनै भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ । क्यानडामा सन् २००१ मा आयोजना भएको आइसिसी ट्रफीमा नेपाल र इटली एकै समूहमा रहे पनि अन्तिम समयमा इटलीले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै इटली र नेपालको भेट असम्भव भयो । नेपाल र इटलीबीचको पहिलो खेल सन् २००५ मा मलेसियामा आयोजना भएको विश्वकप छनोट सिरिज डिभिजन-२ मा भएको थियो । उक्त भेटमा नेपालले इटलीलाई पराजित गरेको थियो । यस खेलमा नेपालका लागि शक्ति गौचनले शतक प्रहार गरेका थिए । शक्ति उक्त खेलमा १०३ बलमा अविजित १०६ रन प्रहार गरेका थिए । शक्तिको उक्त शतक युरोपेली राष्ट्रविरुद्ध नेपालको पहिलो शतक थियो ।

 

सन् २०१० मा उसको घरैमा आयोजना भएको विश्वकप लिग डिभिजन-४ मा नेपालले इटलीको सामना गरको थियो । यस खेलमा नेपालले इटलीलाई ५ विकेटले पराजित गर्यो । यो खेलमा अमृत भट्टराईले महत्वपुर्ण ३ विकेट लिएका थिए । तेस्रो तथा इटलीसँगको पछिल्लो भेट सन् २०१३ मा बर्मुडामा भएको विश्वकप लिग डिभिजन-३ मा भेट भएको थियो । उक्त खेलमा नेपालले इटलीलाई ८ विकेटले पराजित गरेको थियो ।

 

सन् २०१२ र २०१३ मा आयोजना भएको टी–-२० विश्वकप ग्लोबल छनोटमा इटली र नेपाल सहभागी भएका थिए । सहभागी भएपनि फरक समूहमा रहेका कारण इटली र नेपालको खेल भने भएको थिएन । इटलीले युरोपेली क्षेत्रीय छनोट पार गर्दै पहिलो पटक ट्वान्टी-२० विश्वकपमा स्थान बनाएको हो ।

 

विश्वकपको डेब्यु खेलमा स्कटल्याण्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । तेस्रो पटक विश्वकप खेलिरहेको नेपाललाई भने सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न इटालीविरुद्धको खेल हार्ने छुट छैन । पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएपछि नेपाल दबाबमा परेको हो । अझै तीन खेल बाँकी रहेकाले समूह ‘सी’ मा शीर्ष दुई स्थान हासिल गरेर सुपर आठमा पुग्ने सम्भावना सकिएको भने छैन ।

 

नेपालले दुई पटकको विजेता वेस्ट इन्डिज र स्कटल्यान्डसँग पनि खेल्न बाँकी छ । यस विश्वकपमा पाँच–पाँच टिम रहेको प्रत्येक समूहबाट शीर्ष दुई टिम सुपर आठमा पुग्ने प्रावधान रहेको छ । नेपालले गत मंगलबार वानखेडे स्टेडियममा अभ्यास गर्ने मौका पनि पाएको छ । वानखेडे मैदानसँग अभ्यस्त हुनु नेपालका लागि आजको खेलमा ठुलो फाइदाको रूपमा रहने छ । अब नेपालले वानखेडे रङ्गशालामा चारै खेल खेल्ने छ । जारी विश्वकपमा समूह चरणमा एकै मैदानमा सबै खेल खेल्ने भाग्यशाली टिम नेपाल मात्र हो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...