YouTube Link

यी कमाण्डर, जो सम्वाद, तथ्य र रणनीतिक संयोजनको उदाहरण बने

Facebook Link
vision
काठमाडौै उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की ।

नेपालीहरुको महान् पर्व विजया दशमीको अवसरमा काठमाडौं उपत्यका यसपटक अपराधशुन्य रह्यो । अपराधशुन्य बनाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की आफैं फिल्डमा खटेर प्रहरीको मनोबल उकासिरहे । त्यस्तै यही महान् पर्वको बीचमा आइपरेको प्राकृतिक विपत्तिमा पनि प्रहरी अतिरिक्त महानिरीक्षक कार्की छाता ओढेर फिल्डमा निस्किए र प्राकृतिक विपदबाट काठमाडौं उपत्यकाबासीलाई सुरक्षित राख्ने हररणनीति अवलम्वन गरिरहे, जसका कारण काठमाडौं उपत्यकामा खासै जनधनको क्षति हुन पाएन ।

 

मतलव, रणनीतियुक्त कमाण्डरको साथले काठमाडौं उपत्यका प्रहरी कतै पनि चुकेन । यस्तै भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा पनि प्रहरीले संयमता नदेखाएको भए जनधनको थप क्षति हुने आँकलन गरिएको छ । आफैं असुरक्षित र अपमानित हुँदासमेत गोली नचलाउन र युवा प्रदर्शनकारीलाई उत्तेजित बनाउने कार्य नगर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले फिल्डमा खटेका कमाण्डरहरुलाई बारम्बार सम्झाइरहे ।

 

यदि परिस्थिति नियन्त्रणमा लिनैपर्ने अवस्था आए रबरको गोली, त्यो पनि घुँडामुनि हान्ने रणनीति अवलम्वन गरिएको चाहिँ फिल्डमा खटेका प्रहरी कमाण्डरहरु बताउँछन् । भन्नेहरु भन्छन्- ‘हतियार छाडेर र बर्दी खोलेर भाग्न दक्षिण एसियाको उत्कृष्ठ अनुसन्धाता नेपाल प्रहरीलाई सुहाउने कुरा होइन ।’ तर, जानकार सुरक्षाविद्हरुको तर्क छ- ‘प्रहरीले संयमता गुमाएर अन्धाधुन्द गोली चलाएको भए अहिलेको भन्दा चौगुणा जनधनको क्षति मुलुकले ब्यहोर्नुपर्थ्यो । बरु प्रहरी आफैं सकिन तयार भयो, मुलुकलाई थप क्षति हुन दिएन ।’

 

यतिबेला नेपाल प्रहरीका भौतिक संरचनामात्र होइन, लत्ता-कपडा र खाने गाँससमेत जलेर खरानी भएको अवस्था छ । त्यही खरानीमाथि टेकेर नेपाल प्रहरी अहिले आफ्नो काम र कर्तव्यमा जिम्मेवारीबोधका साथ खटिरहेको देखिन्छ । अपराधमुक्त सुरक्षित समाज र तोकिएको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीको मनोबल उच्च पार्नुपर्ने थप आवश्यकता छ । जेन-जी प्रदर्शनमा ध्वस्त भएका प्रहरीका संरचना पुनर्निर्माणमा समुदायले देखाएको सक्रियता समुदाय-प्रहरी साझेदारीको उच्चतम नमूना सावित हुँदैछन् ।

 

राज्य प्रहरीको मनोबल उच्च राख्न हरसम्भव प्रयासत् रहेकै बेला काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले ‘सुरक्षित काठमाडौं उपत्यका’ का निम्ति प्रहरीको मनोबल उच्च पार्न थालेको प्रयासको प्रशंसा हुँदैछ । संयमित, तर निर्णायक कार्यशैलीका प्रहरी अतिरिक्त महानिरीक्षक कार्की अपराध-अनुसन्धान र ‘कमाण्ड कन्ट्रोल’ मा अब्बल प्रहरी अफिसर भएको नेपाल प्रहरी संगठनमा चर्चा हुने गर्छ । सुरक्षा निकायले बल प्रयोगमात्रै गर्दैन, सम्वाद, तथ्य र रणनीतिक संयोजनमार्फत् भीड नियन्त्रण र समस्याको समाधान गर्नसक्छ भन्ने मान्यतामा उनी प्रष्ट छन् ।

 

काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरीहरुमा भविष्यप्रतिको आशा र भरोसा बढाएर मनोबल उच्च पार्न प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जेन-जी आन्दोलनले दिएको पाठलाई आत्मसात गर्दै पारदर्शी काम-कारबाही, सरुवा-बढुवामा निष्पक्षता, राजनीतिक हस्ताक्षेप घटाउने रणनीति अवलम्वन गरेका छन् । उनको स्पष्ट सन्देश छ- ‘प्रहरी संगठनको प्रतिष्ठा जनतामाझ अझ सशक्तरुपमा स्थापित गर्नु हाम्रो पहिलो दायित्व हो ।’ भनिन्छ, संगठनलाई सफल पार्न कमाण्डरको रणनीतिक कार्ययोजना महत्वपूर्ण हुन्छ ।

 

कुनै पनि आन्दोलन र प्रदर्शन भड्काउन स्वार्थ समूहहरु लागिपरेकै हुन्छन् । यो संसारभर हुने आन्दोलन र प्रदर्शमा देखिएको तथ्य हो । यसको सुक्ष्म विश्लेषण गर्न भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनमा प्रहरी चुक्यो कि भन्ने चर्चा हुन थालेको छ । स्मरणीय छ, काठमाडौं उपत्यका प्रहरी कार्यालय भदौ १९ गतेबाट तत्कालीन प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले अनिवार्य अवकाश पाएसँगै प्रमुखबिहीन थियो । तर, प्रहरी नायब महानिरीक्षक ओम राना र जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हाल्दासाथ विभिन्न शीर्षकका अपरेशन चलाएर काठमाडौंबासीको वाहवाही कमाएका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले संयमतापूर्वक प्रदर्शनलाई सही ‘ट्रयाक’ मा हिँडाउने प्रयास गर्दै रहेका थिए ।

 

जब भदौ २३ गते बेलुकाको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा खटाउने निर्णय गर्यो, त्यसपछि प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बल प्रयोग भन्दा पनि सम्वाद, तथ्य र रणनीतिक संयोजनमार्फत् भीड नियन्त्रण र समस्याको समाधानतर्फ लागेर थप जनधनको क्षति हुनबाट काठमाडौं उपत्यकालाई जोगाउने बाटो अवलम्वन गरेकै हुन् । तर, हरकोणबाट काठमाडौंलाई शान्त र सुरक्षित राख्न अहोरात्र खटेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई कमाण्ड सम्हालेको सात महिनामै सरुवा गर्ने सरकारले जुन निर्णय गर्यो, त्यसलाई काठमाडौंबासीले सहजरुपमा पचाएका छैनन् । भन्छन्- ‘अधिकारीमाथि अन्याय भयो ।’

 

जे होस्, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न जुन रणनीतिका साथ क्रियाशील छन्, देशैभरका प्रहरी कमाण्डरहरुका लागि यो एउटा पाठ पनि हो । जनताले हरेक समस्यामा सबैभन्दा पहिला सम्झिने र जहाँसुँकै आफू उभिएर सरकारको उपस्थिति देखाउने नेपाल प्रहरीको मनोबल उच्च पार्दै शान्त र सुरक्षित नेपाल अनि भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैले साथ-सहयोग र समर्पण गर्नु आजको अनिवार्य आवश्यकता हो ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

वि.सं.२०८२ असोज २६ आइतवार १२:१५

काठमाडौं: नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र...

जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

वि.सं.२०८२ असोज २६ आइतवार १०:५९

काठमाडौं: गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन...

नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

वि.सं.२०८२ असोज २६ आइतवार १०:३८

काठमाडौं: आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत...

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

वि.सं.२०८२ असोज २३ बिहीवार ०७:१८

काठमाडौं: नेपालले आइसिसी टि-२० विश्वकप एसिया एण्ड इस्ट-एसिया प्यासिफिक छनोटमा...

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

वि.सं.२०८२ असोज २२ बुधवार १२:०५

काठमाडौं: मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-२० सिरिजको उपाधि जितेको...

नेपालले आज कुवेतसँग प्रतिष्पर्धा गर्दै

नेपालले आज कुवेतसँग प्रतिष्पर्धा गर्दै

वि.सं.२०८२ असोज २२ बुधवार ०७:४३

काठमाडौं: टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले आज...