जनादेशको वैद्यताका सवालहरू
वि.सं.२०८२ मंसिर ५ शुक्रवार १३:२०
1.2K
sharesआधुनिक नेपालको इतिहासमा धेरै पटक राज्य व्यवस्था परिवर्तन भए । राज्यको पुनःसंरचनाभए । हालसम्म नेपालले ७ (सात) वटा संविधान फटाइसकेको छ । तर नेपाली जनताले भने पटक पटक भएको व्यवस्था परिवर्तनपछि पनि सामान्य जनताको हित हुने संवैधानिक अभ्यास र राज्य व्यवस्था उपभोग गर्न पाएका छैनन । नेपालमा जति पटक व्यवस्था परिवर्तन भए, ती परिवर्तनहरू केवल सत्ता र शक्तिको अभ्यास गर्नेहरूका लागि मनोरञ्जन गर्ने मञ्च मात्रै भएका छन र सामान्य जनताका अपेक्षा र आवाजहरू दबाइएका छन ।दश वर्षे सशस्त्र द्वन्द र जननिर्वाचित संविधानसभाबाट संविधान निर्माण र व्यवस्था परिवर्तनपछि नेपाली जनताको अपेक्षा एकदमै उच्च थियो । तर त्यही जननिर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो, तर यो विवाद रहित हुन सकेन । जननिर्वाचितसंविधानसभाले सबै नेपालीका लागि स्वीकार्यर सर्वसम्मत संविधान बनाउन सकेन ।यसबीचमा २०७२ भाद्र महिनामा कैलालीको टीकापुरमा थारू विद्रोह भयो । त्यसको दश वर्षपछिहालै मात्र २०८२ भाद्र २३ र २४ मा जेन जी विद्रोह भयो । दुवैमा भएको प्रकृति उस्तै प्रकारको थियो । यी दुर्इ विद्रोहका घटनाहरूलार्इ यस लेखमा तुलनात्मक रूपमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
परिदृश्यः१
मितिः २०७२ साल भाद्र ७ गते ।
स्थानः टिकापुर, कैलाली ।
नेपालमा दश वर्षे सशस्त्र द्वन्द र २०६२/६३ को जनआन्दोलनको जगमा २०६४ सालमा भएको पहिलो संविधानसभाबाट संविधान नबनी संविधानसभा विगठन भएपछि २०७० सालमा पुनः दोस्रो पटक संविधानसभाको निर्वाचन भर्इ २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भयो । संविधान जारी हुनुपुर्व मस्यौदा संविधान मतदाता समक्ष लगेर सुझाव संकलन गर्ने तथा पहिलो संविधानसभामा छलफल भएका विषयहरू दोस्रो संविधानसभाले स्वामित्व ग्रहण गर्ने र सो बमोजिम संविधान मस्यौदा तयार गरी मतदाता समक्ष राय सुझाव संकलन गर्नुपर्ने थियो । तर तत्कालिन सरकारले मतदाताहरूका लागि पर्याप्त समय नदिर्इ २०७२ असार २३ गते को अत्यन्त छोटो समयमा नै सुझाव संकलन गर्ने भन्दै मस्यौदा संविधान जारी गर्यो ।यसरी जनताको राय सुझावका नाउँमा सदरमुकाम केन्द्रित र निश्चित पार्टीका कार्यकर्ता केन्द्रित कर्मकाण्डी छलफल मात्र गराइयो रवास्तविक जनता समक्ष राय सुझावका लागि कुनै समय दिइएन । यसरी जनताको राय सुझावका लागि छलफल गर्ने समय नदिर्इएको र राज्य पुनःसंरचना गर्दा थरूहट/थारूवानप्रदेशको सुनिश्चित नभएकोप्रति स्थानीय आदिवासी थारूहरूमा असन्तुष्टि पैदा भयो । स्थानीयआदिवासी थारूहरूको संगठन थरूवान थरूहट संयुक्त संघर्ष समितिले पहिचान र सामर्थ्यका आधारमा समावेशी थरूहट स्वायत्त राज्यको सुनिश्चित्ता हुनुपर्छ भन्ने माग राखेको थियो । यसरी सरकारले जनताको माग सम्बोधन नगरी मस्यौदा संविधानमा जनताको राय सुझाव दिने मौका समेत नदिर्इ संविधान जारी गर्ने तयारी भएपछि पहिचान सहितको थरूहट प्रदेशको नामांकन र सीमांकनको सुनिश्चिताका लागिथरूवान थरूहट संयुक्त संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । पहिलो चरणको विरोध कार्यक्रम सकिएपछि संघर्ष समितिले दोस्रो चरणको कार्यक्रम घोषणा गर्यो, जस अन्तरगत विभिन्न भित्ते लेखन र ब्यानर तथा बोर्ड लेख्ने कार्यक्रम रहेको थियो । थरूवान/थरूहट प्रदेशको माग तिब्र र बलियो बन्दै गएपछि पहिचान विरोधी पक्षहरूले अखण्ड सुदूरपश्चमको माग राखी आन्दोलन गरेका थिए र सरकारले यस पक्षको माग सम्बोधन गरेपछि भाद्र ४ मा विजय जुलुसको रूपमा मोटरसाइकल र्याली निकालेका थिए । पुर्व सहमित विपरित निषेधित क्षेत्र तोडेर प्रहरी प्रशासनकै स्कर्टिङमा जुलुस अघि बढ्यो र अनियन्त्रित जुलुसलेस्थानीय आदिवासी थारूहरूको घर भत्काउने, जलाउनेजस्ता उद्दण्ड कार्य गरी आतंक मच्चाउने कार्य भयो, जसमा त्यसदिन थारूहरूको ३२ वटा मोटरसाइकल अखण्ड पक्षधरले जलार्इदिए । थारू विद्यार्थीका कापी किताब जलार्इए ।यो सब कार्य हुँदा पनि प्रहरी प्रशासन अमुक बनेर दर्शक बनिरह्यो । थारूहरूलाई धनगढीमा अमसभागर्न समेत दिइएन । यसले थारूहरूलार्इ आक्रोशित थप बनायो । संघर्ष समितिको २०७२ भाद्र ७ गते टिकापुर नगरपालिकामा भित्ते लेखन कार्यक्रम रहेको थियो ।यसका लागि टोल टोलमा प्रचार गरिएको थियो ।
२०७२ साउन २७, भाद्र ३ र ५ गते सर्वपक्षीय बैठक बसी एक अर्काको कार्यक्रममा अवरोध नगर्ने सहमति भएको भएपनि प्रशासन र प्रहरी एकपक्षीय रूपमा अखण्ड पक्षधरलार्इ सहयोग गरेको तथा तत्कालिन त्रिशक्ति न.पा. भजनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर भरत शाहले भाद्र ७ गते आन्दोलनमा गए गोली खाइन्छ… विचार गर्नुहोस… भन्दै थारू युवा, बडघर, थारू महिलाहरूलार्इ घर घरमा गएर धम्क्याएको कारण थारू आदिवासीहरूलार्इ अझ आक्रोशित पार्ने कार्य भयो । यस विषयमा अखण्ड सुदूरपश्चिम जनआन्दोलन समितिका संयोजक गोपाल बोहोरा स्वयंले प्रशासनको गल्तीकै कारणले गर्दा सो घटना भएको बताएका छन् ।
कार्यक्रमका लागि कैलाली लगायतका विभिन्न ठाउँबाट थारू समुदायका मानिसहरू स्वःस्फूर्त रूपमा कार्यक्रममा ट्रयाक्टरहरू रिजर्भ कार्यक्रम स्थलमा गइरहेका थिए । अखण्ड पक्षधरहरूले थरूवान थरूहट संयुक्त संघर्ष समितिको कार्यक्रमलार्इ विथोल्न मोटरसाइकल र्याली समेतको आयोजना गर्नुकासाथै कार्यक्रम स्थलमा जानेहरूलार्इ अखण्ड पक्षधरले सहमति विपरित बाटोमा अवरोध गरेका थिए भने त्यस कार्यलार्इ प्रशासनले समेत सहयोग गर्यो । यसले थारू समुदायलार्इ अझ आक्रोशित बनायो ।
कार्यक्रम स्थलमा जानका लागि चिलम चौरहादेखि भैंसा बजारसम्मको बाटोमा हजारौं मानिसहरू भेला भएका थिए । त्यसदिन टिकापुरमा थरूहट स्वायत्त प्रदेश लेखेको ब्यानर राख्ने तथा भित्तेलेखन गर्ने जस्ता शान्तिपूर्ण कार्यक्रम नै रहेको थियो । जुलुस चिलम बजारबाट अगाडि बढ्दै जाने क्रममा प्रहरीले रोक्न खोज्यो, तर संभव भएन । जुलुस भैंसा बजार पुग्यो । भैंसा बजार पुगेपछि प्रहरीले रबरको गोली चलायो । त्यसपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भयो र जुलुस तितरबितर भयो । एस.एस.पी.ले प्रदर्शनकारीहरूलार्इ रोक्न गोली चलाउने आदेश दिएपछि आक्रोशित भएका प्रदर्शनकारी र प्रहरीबीच भएको सो झडपमा एक एस.एस.पी. नेपाल प्रहरीका ५ जना, सशस्त्र प्रहरीका २ जना र १ दुर्इ वर्षे बालक समेत गरी ८ जनाको ज्यान गएको थियो ।यसरी प्रदर्शनकारी र प्रहरीबीच झडप हुनुमा प्रदर्शन अघि थारूसमुदायमाथि प्रशासनले दिएको दबाब र प्रदर्शनमा अनावश्यक अत्यधिक बल प्रयोग हुनु र प्रहरी प्रशासनले अखण्ड पक्षधरहरूलार्इ खुल्ला रूपमा प्रदर्शनमा सहयोग गर्नु तथा थारू समुदायहरूलार्इ अत्यधिक दबाबमा राख्न प्रयत्न गर्नुका कारणले प्रदर्शनकारीहरूलार्इ आक्रोशित बनाएको र प्रदर्शनमा अनावश्यक अत्यधिक बल प्रयोग गरेका कारण सो झडप भएको थियो ।
भाद्र ७ गते बेलुकाबाट टिकापुर र आसपासका क्षेत्रमा कर्फ्यू जारी भयो । तर कर्फ्यू जारी रहेकै अवस्थामा टिकापुरमा थारू समुदायका घर, पसलमा आगो लगाउने तथा लुटपाट गर्ने कार्इ भैरह्यो । यो क्रम भाद्र ८ गते बेलुकासम्म नै जारी निरन्तर भयो । यस्ता कार्य आर्मीहरू आएपछि मात्रै रोकियो । स्थानीय प्रशासनले स्थानीय थारू बडघर, भलमन्सा जस्ता परम्परागत संस्थाहरूमाथि नै प्रतिबन्ध लगाउने कार्य भयो । बडघरका भलमन्साहरूलार्इ पक्राउ गरी झुठा मुद्दा लगाइयो । १२ वर्षीय नाबालक देखि रेडक्रसले उपचारका लागि लगिरहेको विरामीसम्मलार्इ नियन्त्रणमा लिर्इ पक्राउ गरि यातना दिइयो । त्यस क्रममा ५८ जनामाथि कर्तव्य ज्यान, डाका, ज्यान मार्ने उद्योग लगायत गम्भीर अपराधमा मुद्दा चलार्इयो, जसमध्ये आन्दोलनमा संलग्न नभएकाहरू समेत परेका थिए ।
परिदृश्यः २
मितिः २०८२ धाद्र २३ र २४
स्थानः काठमाडौं ।
संसारभर भइरहेको जेन जेट पुस्ताका युवाहरूको आन्दोलनबाट प्रभावित भएका युवाहरू विभिन्न सामाजिक सञ्जालहरूका माध्यमबाट देशमा व्याप्त भ्रष्टचार र बेथिति तथा नातावाद र कृपावादको अन्त्यका लागि विरोध प्रदर्शन गर्ने निष्कर्षमा पुगे र यसलार्इ मूलमागको विषय बनाएर विरोध प्रदर्शनका लागि तयार भएका थिए । तर भाद्र २३ गते जून परिस्थिति बन्योर सुरक्षा निकाय दमनमा उत्रियो, यो शंकास्पद छ ।
भदौ २३ गते दिउँसो १२ बजेपछि सुरू भएको प्रदर्शन केही घण्टासम्म सामान्य र शान्तिपूर्ण रूपमा नै चलेको थियो । तथापि केही घण्टापछि अवस्था असामान्य बन्यो रकेही घण्टामा नै २० जना भन्दा बढीको ज्यान गयो ।त्यसपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको थियो । तर पनि प्रदर्शन रोकिएन । २४ गतेका दिन पनि प्रशासनले कर्फ्यू आदेश जारी गरेपनि विहानै देखि प्रदर्शन उग्र बन्यो । विहानैबाट काठमाडौ उपत्यकाभित्रका प्रहरी चौकीहरूआक्रोशित भिडको निशानामा परे । तर ओली सरकार अझै मौन थियो र राजीनामा दिने अझै छाँटकाँट थिएन ।
मध्येदिनमा प्रधानमन्त्री ओलीले राजीनामा दिँदासम्म निकै ढिला भैसकेको थियो । देशका प्रमुख सुरक्षा चौकीहरू जलेर खरानी भैसकेका थिए ।सिँगो देश राज्यविहिनताको अवस्थामा पुगीसकेको थियो । यस अवस्थाको फाइदा उठाएर अराजक भिडहरूले वितण्ड मच्चार्इरहेका थिए । नेपाल प्रहरीहरू निरिह थिए र प्रहरी चौकी छोडेर भाग्न र भिड सामु आत्मसमर्पण गर्न बाध्य थिए ।यसरी कोटेश्वर प्रहरी चौकीबाट निस्केर आत्मसमर्पण गरेका तीन जना सुरक्षाकर्मी प्रहरीहरूको भिडले हत्या गरे ।आत्मसमर्पण गरेका प्रहरीलार्इघाँटी रेटेर विभत्स तबरले हत्या गरेको भिडियोप्रत्यक्षदर्शीहरू भनार्इ छ । त्यस्तै महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत दुर्इ जना प्रहरीहरूको त्यसै गरी हत्या भयो ।भिडले प्रहरी हत्याको भिडियो सकेत बनाए र सामाजिक सञ्जालमा पोष्ट गरे । यसरी पाँच जना सुरक्षाकर्मीको जेन जी आन्दोलनका क्रममा हत्या भयो । देशभरका विभिन्न स्थानमा प्रहरीको बर्दी समेत खोसेर प्रदर्शनकारीहरूले लगाइरहेको भिडियोहरू सामाजिक सञ्जालहरूमा छताछुल्ल भर्इरहेको थियो ।
विहानको समयमा प्रहरी चौकीहरू र विभिन्न दलका नेताहरूका घरहरू निशानामा पारेका प्रदर्शनकारीहरूले मध्यान्हपछि प्रशासन, अदालत र सिँहदरबारमा समेत आगो लगाउन भ्याए । साँझ त्यही भिडको निशानामा भाटभटेनीका भवनहरू परे । २४ भदौको रात नेपाल आर्मीले कर्फ्यू आदेश जारी गरेपिन काठमाडौंमा जताततै आगो मात्र मात्रै बलिरहेको अवस्था थियो ।भाटभटेनीका भवनहरूमा जलेर धेरै जनाको कंकाल फेला परेको समाचार आएपनि ती को थिए ? भने अहिलेसम्म कसैको पहिचान खुलेको छैन ।
यसरी भाद्र २४ मा जून विध्वंश मच्चियो र आक्रोशित अराजक भिडले जसरी सुरक्षाकर्मीहरूको हत्या गरे र देशको महत्वपूर्ण संरचनाहरू नै ध्वस्त बनाए, यो सीधा सीधा राज्य विरूद्ध र मानवता विरूद्धको कार्य थियो ।यतिखेर न सरकार, न आन्दोलनरत पक्ष, कोही पनि जिम्मेवार देखिएन र राज्य विहिनताको अवस्था सिर्जना भयो ।
जेन जी विद्रोहपछि कोटेश्वरमा तीन जना प्रहरीहरूकोहुँदा प्रहरी हत्या गर्ने एक जनालार्इ पक्राउ परी जेल चलान भएका छन् । कोटेश्वरमा प्रहरी हत्या गर्ने बाँकी को को थिए ? भनेर एक जना अनुपम भण्डारी बाहेक अन्य पक्राउ परेको कुनै खबर छैन । त्यस्तै महाराजगञ्ज प्रहरी चौकीमा दुर्इ जना प्रहरीहरूको हत्या हुँदा त्यसमा संलग्न भएको आरोपमा हालसम्म सात जनालार्इ मात्र पक्राउ परेको अवस्था छ । त्यस बाहेक अन्य संसद भवन, प्रशासन, अदालत र सिँहदरबार लगायतमा आगजनी गर्नेहरूका बारेमा अझै अनुसन्धान भएका छैनन । यस विषयमा अन्तरिम सरकार मौन या नरम रहेको अवस्था छ ।
थरूहट/थरूवान आन्दोलन र यसका मागहरूः
थारू समुदायले आफ्नै भूमिमा सदियौं देखि उत्पीडित थिए । उनीहरूको जमिन खोसिएको थियो र भूमिहिन बनाइएका थिए । उनीहरूमाथि हुने गरेका अत्याचारका बारेमा राज्य सधैं मौन रहने र उनीहरूमाथि भएका अन्याएको सुनुवार्इ हुदैनथ्यो । थारू परिवारमा जन्मने थारू बालबालिकाहरू थारू परिवारमा जन्मेकै कारण कमैयाँ र कमलरी बस्न बाध्य थिए । उनीहरू कमैयाँ र कमलरी भएकै कारण उनीहरूमाथि ज्यादती हुने गर्दथ्यो । श्रम शोषण हुने गर्दथ्यो । बलात्कार हुने गर्दथ्यो । यही अत्याचार र ज्यादतीले गर्दा थारू समुदायभित्र विद्रोहको आगो सल्किरहेको थियो ।
जब नेपालमा दश वर्षे सशस्त्र द्वन्द र २०६२/०६३ को जनआ न्दोलन भयो, त्यसले देशमा व्यवस्था परिवर्तनको बाटो तय भयो । देशभरका सबै उत्पीडित समुदायहरूले आवाज एकतृत गर्न थाले । त्यसमा थारूहरू पनि सहभागी भए । थारू समुदायमा संविधानसभाबाट संविधान बन्ने र उनीहरूमाथिको उत्पीडनको अन्त्य हुने कुराले उत्साहित भइरहेका थिए । पहिलो र दोस्रो संविधानसभामा थारूहरूको सहभागिता उत्साहजनक नै थियो । विभिन्न दलहरूका तर्फबाट संविधानसभामा निर्वाचित भएको भएपनि थारूहरू थरूहट/थरूवान राज्य हुनेपर्ने सवालमा एकमत थिए भने थारू जनमानसमा पनि ठूलै उत्साह थियो । किनभने उनीहरूको एजेन्डाको धरातल सदियौदेखि एकात्मक राज्यसत्ताले थोपरेको विभेदपूर्ण नीति र उनीहरूले भोगिरहेको उत्पीडनबाट मुक्ति पाउने सवालसँग जोडिएको थियो ।
२०७२ भाद्र ७ गते टिकापुरमा थारूहरूले गरेको विरोध प्रदर्शनमा राज्यको भूमिका के कस्तो थियो ? भनेर माथिको परिदृश्य-१ मा प्रस्तुत गरीसकिएको छ । थरूहटको माग सदयौंदेखिको उत्पीडनबाट सिर्जित माग थियो । उनीहरूसँग सामाजिक, ऐतिहासिक र सैद्धान्तिक सबै आधारहरू थिए र उनीहरूको माग जायज थियो । तर उत्पीडनबाट उन्मुक्ति र थरूहट स्थापनाको मागलार्इविद्वानहरूलेराज्य फुटाउने षडयन्त्रको रूपमा व्याख्या गर्दै परिवर्तनको एजेन्डा मान्न अस्वीकार गरे । यसरी टिकापुरमा राज्यले कसरी निमोठेर अखण्ड पक्षधरको एकपक्षीय रूपमा संरक्षण गरेको थियो ? भन्ने सचित्र उदाहरण हो ।
जेन-जी आन्दोलनको जग र मागहरूः
नेपालमा लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणपछि राज्य व्यवस्थामा सुधार, विकास र सम्वृद्धि नेपाली जनताको साझा अपेक्षा थियो र छ । तर राजनीतिक दलहरू व्यक्ति केन्द्रित हुनु र नेतृत्व जहिल्यै उही पुरानै अनुहार दोहोरिइरहने तथा प्रवृत्ति कायम रहीरह्यो । नेपालमा यस्तो नेतृत्व भएन, जसले इमान्दार पुर्वक कार्यकाल सम्पन्न गरी सत्ताबाट बहिर्गमन गरोस ।यसरी नेपालको राज्यसत्ता विना सीमित लक्ष्यहिन व्यक्तिहरूको लागि मात्र मनोरञ्जन गर्ने रङ्गमञ्च बन्यो ।यसरी सिंगो देश सीमित व्यक्ति र परिवारहरूले मनोरञ्जन गर्ने रङ्गमञ्च बनीरहँदा सर्वसाधारण जनताको दैनिकी कष्टकर बन्दै गयो । यसले नैभदौ २३ (सेप्टेम्बर ८) का दिन जेन जी युवाहरूले No Corruption र No Nepo Babies को विरोध प्रदर्शनकोआह्वान गरेका थिए ।
वास्तवमा २३ भदौमा जेन जीहरूले गरेको विरोध प्रदर्शन कुनै व्यवस्था परिवर्तनको लागि थिएन । भ्रष्टचार रबेथितिका विरूद्ध मात्र थियो ।देशका दुर्इ ठूला दल मिलेर संसदलार्इ प्रतिपक्षविहिन अवस्था बनाइएको थियो भने दुर्इ तिहार्इ बहुमतको दम्भ दिदै मनोमानी रूपमा भ्रष्टचार र नातावाद नाङ्गो रूपमा मौलाइरहेको थियो ।विश्वपरिवेशमा भइरहेका घटनाका बारेमा सामाजिक सञ्जाल मार्फत जानकार जेन जीहरूले अन्यत्र देशमा भएका विद्रोह यही दम्भ, भ्रष्टचार र बेथितिका विरूद्धको आक्रोश मात्रै थियो । त्यसपछि भदौ २३ र २४ मा जे भयो, त्यो माथि परिदृश्य २ मा प्रस्तुत भर्इसकेको छ ।
तर जेनजी घटनापछिआन्दोलनमा कहीं कतै नदेखिएका संसद विगठन र संविधान परिवर्तनसम्मका सम्मका थप मागहरू फरक फरक स्वार्थ समूहहरूले जेनजीका मागका रूपमा प्रस्तुत गरे र संविधानविदहरूले समेत त्यसलार्इ जनादेशको रूपमा व्याख्या गर्न थाले । कुनै एउटा उद्देश्य राखेर गरिएको जेन जी आन्दोलन परिपक्व नेतृत्वको अभावको फाइदाविभिन्न स्वार्थ समूहहरूको लुट्न थाले । सैनिक शासन देखि राजा फर्काउनेसम्मका मागहरूले प्रतिगामी शक्तिहरू उत्साहित भइरहेका थिए । यो नेपाली जनताका लागि कुनै पनि हालतमा मञ्जुर हुने कुरा थिएन ।
जनआन्दोलनका आधार र जनादेशको व्याख्याका विधिशास्त्रीय मान्यताः
आन्दोलन र विद्रोहबाट उठेका सवालहरूलार्इ पनि संविधान र कानूनको स्रोतका रूपमा मान्ने विश्वव्यापी सत्य हो । तर यसका पनि सीमाहरू हुन्छन । कुनै पनि आन्दोलन तय गर्दाका बखतमा यसका मागहरू के के थिए ? त्यस अनुसार यसले आन्दोलनको म्यान्डेटको मान्यता पाउँछ र यसले संविधान वा कानूनमा प्रवेश पाउने अधिकार राख्दछ । कुनै पनि आन्दोलनको निश्चित उद्देश्य हुन्छ र यसका निश्चित मागहरू हुन्छन । त्यो आन्दोलनको उद्देश्य नै उठाइएका माग तथा एजेन्डाहरूको संवोधन वा वैधानिकता पाउने कुरासँग सम्वन्धित हुन्छ । यसकारण जनादेशको वैद्यता पाउन आन्दोलन तय गर्दाका बखतमा उठाइएको सवाल हो कि होइन ? भनी हेर्नुपर्ने हुन्छ ।
टिकापुर विद्रोह सदियौंदेखि उत्पीडनमा परेका थारूहरूको जीवन र समाजसँग सम्बन्धित थियो । राज्य संरचनाले उनीहरूमाथि गरेको विभेदकारी नीतिका विरूद्ध थियो । उनीहरूले राज्यबाट पाउनुपर्ने समानता र समावेशितासँग सम्बन्धित थियो ।उनीहरूमाथि हुने गरेको दासताबाट पाउने उन्मुक्तिसँग सम्बन्धित थियो। त्यसैले सबै थारूहरूले समान सम्मानजनक रूपमा जीवन जिउन र पहाडी जिमिदारहरूबाट उन्मुक्ति पाउने सवालसँग सम्बन्धित थियो । उनीहरूले परम्परागत रूपमा गर्दै अएका थारू समाजको अभ्यासहरूले राज्यबाट पाउनुपर्ने वैधानिकतासँग सम्बन्धित थियो । त्यसैले थारूहरूले थरूहट राज्यको माग उठाएका थिए । यो कोही कुनै अन्य समुदायको विरूद्धमा थिएन । तर उत्पीडित थारूहरूले उठाएका माग र उनीहरूको जनआन्दोलनलार्इ साम्प्रदायिक दंगा करार गर्यो र दबायो । आन्दोलनमा सहभागी नभएका कैयौलार्इ थारू भएकै आधारमा मुद्दा चलाएर जेल पठायो,तर थारूहरूको घर तथा पसल छानी छानी लुट्ने र जलाउनेहरूलार्इ हालसम्म कुनै कारवाही गरेको कतै जानकारीमा छैन ।
जेन जी आन्दोलन कुनै राजनीतिक उद्देश्यकासाथ भएको थिएन । यस समूहका पुस्ताहरूले राज्यसत्ताको बेथिति र भ्रष्टचार तथा नातावादसँग सम्बन्धित थियो ।भाद्र २३ गतेको प्रदर्शनमा व्यवस्था परिवर्तन वा संविधान संशोधनका कुनै पनि मागहरू थिएनन । जेन जी आन्दोलनको मागप्रदर्शनकारीहरूले बोकेका प्ले कार्डहरूमा स्पष्ट रूपमा चित्रित थिए । जेन जी आन्दोलनतयका क्रममा पनि व्यवस्था परिवर्तन र संविधान संशोधनका कुनै पनि सवालहरू भएको देखिदैन । तर जबजेन जी आन्दोलनमाथिको दमनले परिस्थिति भयावह रअनियन्त्रित बन्यो, भदौ २५ गतेपछि विभिन्न स्वार्थ समूहहरू सकृय भए ।यसरी एकातिर संविधान देखि व्यवस्था परिवर्तनसम्मका सवालहरू बहसमा आए भने अर्कोतिर कानून ज्ञाताहरूले समेत यसलार्इ जनादेशको रूपमा व्याख्या गर्न थाले ।
यसलेके देखाउँछभने नेपालका बौद्धिक वर्गहरू अझै पनिविधिको धरातलमा रहेर भन्दा पनिस्वार्थनिहित रूपमा परिस्थिति र विषय-वस्तुको अनुकूल व्याख्या गर्ने गरेको प्रष्ट देखिन्छ ।
वि.सं.२०८२ मंसिर ५ शुक्रवार १३:२०





















