YouTube Link

रामेछाप जिल्लाको आठ स्थानीय तह मध्येको एक सुन्दर गाउँपालिका उमाकुण्ड गाउँपालिका (बृत्तचित्रसहित)

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: ऐतिहासिक राजनीतिक तथा विभिन्न दृष्टिकोणले देशकै महत्वपूर्ण मानिने रामेछाप जिल्लाको आठ स्थानीय तह मध्येको एक सुन्दर गाँउपालिका उमाकुण्ड गाउँपालिकाको वृत्तचित्र सार्वजनिक भएको छ ।

 

संघीय संरचना अनुसार साविकका गुम्देल, बाम्तीभण्डार, कुँबुकास्थली, प्रिति, गुप्तेश्वर र भुजी गाविस मिलेर बनेको यो गाउँपालिका जिल्लाको सबैभन्दा ठुलो स्थानीय तहमा पर्दछ ।

 

४ सय ५१ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिका पूर्वमा सोलुखुम्बु र ओखलढुंगा जिल्ला, पश्चिममा गोकुलगंगा गाँउपालिका, उत्तरमा सोलुखुम्बु र दोलखा जिल्ला तथा दक्षिणमा लिखु तामाकोशी गाउँपालिकासँग जोडिएको छ ।

 

रामेछाप र सोलुखुम्बुको सीमानामा पर्ने पवित्र तीर्थस्थल उमातीर्थको नामबाट यो गाउँपालिकाको नामाकरण गरिएको हो ।

 

 

८ सय ७४ मिटरदेखि ६ हजार ९ सय ५१ मिटर उचाईसम्म फैलिएको यो गाउँपालिकाको ४५ प्रतिशत भू-भाग हिमाली क्षेत्र, ३४ प्रतिशत उच्च पहाडी र बाँकी भू-भाग मध्य पहाडी क्षेत्रमा फैलिएको छ ।

 

प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक महत्वको त्रिवेणी यो गाँउपालिका पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना बोकेको गाउँपालिको हो ।

 

धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात पाँचपोखरी, जट्टापोखरी लगायतका तालतलैया भएकोले पनि पर्यटनलाई समृद्धिको मुल आधार बनाउन सकिने सम्भावना प्रचुर मात्रामा देखिन्छ ।

 

 

गाउँपालिकामा रहेका ताँबेडाँडा क्षेत्र, उमातिर्थ मन्दिर, चण्डिस्थान मन्दिर, विभिन्न चैत्य गुम्बा लगायत धार्मिक क्षेत्र आस्थाका केन्द्र मानिन्छन ।

 

१९ हजार २ सय २० हेक्टर क्षेत्र वनले ढाकिएको गाउँपालिकामा दुर्लभ र बहुमुल्य जडिबुटीको खानी मानिन्छ भने जैविक विविधता यहाँको अर्को विशेषता छ । खेतीयोग्य जमिन, वनजङ्गल, जडिबुटी, पानीका स्रोत र खानी नै गाउँपालिकामा रहेका प्रमुख प्राकृतिक सम्पदा स्रोत हुन ।

 

 

यो गाउँपालिकामा आवश्यकताको पहिचान तथा मागमा आधारित योजना छनोट गरि उपभोक्ताकै संलग्नतामा विकासका काम अघि बढाइदा एकातिर स्थानीय नागरिकलाई रोजगार मिलेको छ भने अर्कोतर्फ उनीहरुको अपनत्व जोडिएको पाईन्छ ।

 

क्षेत्रगत विशेषताका आधारमा आफ्नो ठाउँमा नमुना विकासका लागि वडा तहका जनप्रतिनिधिको सक्रियता उदाहरणीय देखिन्छ ।

 

भौगोलिक विकटता तथा विभिन्न जटिलताकाबीच काम गरिरहेको गाँउपालिकाले सूचना तथा प्रविधि विस्तारलाई प्राथमिकता दिएको पाईन्छ ।

 

 

दुई दशक जनप्रतिनिधि विहिन हुँदा अस्तब्यस्त यहाँको विकास निर्माण तथा सामाजिक ब्यवस्था स्थानीय तह निर्वाचन भै जनप्रतिनिधि चुनिएपछि पूर्णरुपमा बदलिएको छ ।

 

जनमतबाट चुनिएर आएकाहरु जनताप्रति जवाफदेही र इमान्दार हुने हो भने परिवर्तन धेरै टाढाको कुरा होइन भन्ने कुरा यहाँको, पहिले र अहिलेको अवस्थाले स्पस्ट पारेको देखिन्छ ।

 

प्राकृतिक सौन्दर्य सांस्कृतिक विविधता एवं ऐतिहासिक महत्वका क्षेत्रको गुरुत्तर विकासका लागि कृषि, जलश्रोत तथा पर्यटन विकास अपरिहार्य छ ।

 

 

यहाँ रहेका जटापोखरी, पाँचपोखरी, उमातीर्थ, किराँती चण्डीस्थानहरू, अनेक महादेव गुफाहरू, तामेडाँडा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटने गरि गुरुयोजना बनाई पर्यटकीय सर्किट बनाउन सके गाँउपालिकाको चौतर्फी विकासमा साँच्चिकै कोशेढुंगा सावित हुने देखिन्छ ।

पूरा वृत्तचित्रको लागिः

https://www.youtube.com/watch?v=5XuAlyb7eW0

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...