YouTube Link

रामेछाप जिल्लाको आठ स्थानीय तह मध्येको एक सुन्दर गाउँपालिका उमाकुण्ड गाउँपालिका (बृत्तचित्रसहित)

Facebook Link

 

काठमाडौं: ऐतिहासिक राजनीतिक तथा विभिन्न दृष्टिकोणले देशकै महत्वपूर्ण मानिने रामेछाप जिल्लाको आठ स्थानीय तह मध्येको एक सुन्दर गाँउपालिका उमाकुण्ड गाउँपालिकाको वृत्तचित्र सार्वजनिक भएको छ ।

 

संघीय संरचना अनुसार साविकका गुम्देल, बाम्तीभण्डार, कुँबुकास्थली, प्रिति, गुप्तेश्वर र भुजी गाविस मिलेर बनेको यो गाउँपालिका जिल्लाको सबैभन्दा ठुलो स्थानीय तहमा पर्दछ ।

 

४ सय ५१ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिका पूर्वमा सोलुखुम्बु र ओखलढुंगा जिल्ला, पश्चिममा गोकुलगंगा गाँउपालिका, उत्तरमा सोलुखुम्बु र दोलखा जिल्ला तथा दक्षिणमा लिखु तामाकोशी गाउँपालिकासँग जोडिएको छ ।

 

रामेछाप र सोलुखुम्बुको सीमानामा पर्ने पवित्र तीर्थस्थल उमातीर्थको नामबाट यो गाउँपालिकाको नामाकरण गरिएको हो ।

 

 

८ सय ७४ मिटरदेखि ६ हजार ९ सय ५१ मिटर उचाईसम्म फैलिएको यो गाउँपालिकाको ४५ प्रतिशत भू-भाग हिमाली क्षेत्र, ३४ प्रतिशत उच्च पहाडी र बाँकी भू-भाग मध्य पहाडी क्षेत्रमा फैलिएको छ ।

 

प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक महत्वको त्रिवेणी यो गाँउपालिका पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना बोकेको गाउँपालिको हो ।

 

धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात पाँचपोखरी, जट्टापोखरी लगायतका तालतलैया भएकोले पनि पर्यटनलाई समृद्धिको मुल आधार बनाउन सकिने सम्भावना प्रचुर मात्रामा देखिन्छ ।

 

 

गाउँपालिकामा रहेका ताँबेडाँडा क्षेत्र, उमातिर्थ मन्दिर, चण्डिस्थान मन्दिर, विभिन्न चैत्य गुम्बा लगायत धार्मिक क्षेत्र आस्थाका केन्द्र मानिन्छन ।

 

१९ हजार २ सय २० हेक्टर क्षेत्र वनले ढाकिएको गाउँपालिकामा दुर्लभ र बहुमुल्य जडिबुटीको खानी मानिन्छ भने जैविक विविधता यहाँको अर्को विशेषता छ । खेतीयोग्य जमिन, वनजङ्गल, जडिबुटी, पानीका स्रोत र खानी नै गाउँपालिकामा रहेका प्रमुख प्राकृतिक सम्पदा स्रोत हुन ।

 

 

यो गाउँपालिकामा आवश्यकताको पहिचान तथा मागमा आधारित योजना छनोट गरि उपभोक्ताकै संलग्नतामा विकासका काम अघि बढाइदा एकातिर स्थानीय नागरिकलाई रोजगार मिलेको छ भने अर्कोतर्फ उनीहरुको अपनत्व जोडिएको पाईन्छ ।

 

क्षेत्रगत विशेषताका आधारमा आफ्नो ठाउँमा नमुना विकासका लागि वडा तहका जनप्रतिनिधिको सक्रियता उदाहरणीय देखिन्छ ।

 

भौगोलिक विकटता तथा विभिन्न जटिलताकाबीच काम गरिरहेको गाँउपालिकाले सूचना तथा प्रविधि विस्तारलाई प्राथमिकता दिएको पाईन्छ ।

 

 

दुई दशक जनप्रतिनिधि विहिन हुँदा अस्तब्यस्त यहाँको विकास निर्माण तथा सामाजिक ब्यवस्था स्थानीय तह निर्वाचन भै जनप्रतिनिधि चुनिएपछि पूर्णरुपमा बदलिएको छ ।

 

जनमतबाट चुनिएर आएकाहरु जनताप्रति जवाफदेही र इमान्दार हुने हो भने परिवर्तन धेरै टाढाको कुरा होइन भन्ने कुरा यहाँको, पहिले र अहिलेको अवस्थाले स्पस्ट पारेको देखिन्छ ।

 

प्राकृतिक सौन्दर्य सांस्कृतिक विविधता एवं ऐतिहासिक महत्वका क्षेत्रको गुरुत्तर विकासका लागि कृषि, जलश्रोत तथा पर्यटन विकास अपरिहार्य छ ।

 

 

यहाँ रहेका जटापोखरी, पाँचपोखरी, उमातीर्थ, किराँती चण्डीस्थानहरू, अनेक महादेव गुफाहरू, तामेडाँडा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटने गरि गुरुयोजना बनाई पर्यटकीय सर्किट बनाउन सके गाँउपालिकाको चौतर्फी विकासमा साँच्चिकै कोशेढुंगा सावित हुने देखिन्छ ।

पूरा वृत्तचित्रको लागिः

https://www.youtube.com/watch?v=5XuAlyb7eW0

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...