YouTube Link

मध्यरातदेखि बढ्यो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति ?

Facebook Link

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको र इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएको भन्दै निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।

 

निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले वृद्धि गरिएको छ। निगमले डिपो स्थल र भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी फरक–फरक खुद्रा बिक्री मूल्य तोकेको छ । काठमाडौं, पोखरा र दिपायल पर्ने तेस्रो वर्गमा अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको १५२ रुपैयाँ पुगेको छ ।

 

त्यसैगरी, सुर्खेत र दाङ पर्ने दोस्रो वर्गमा पेट्रोलको १७१ रुपैयाँ र डिजेलको १५१ रुपैयाँ कायम भएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्ने पहिलो वर्गमा भने पेट्रोल १६९ रुपैयाँ ५० पैसा र डिजेल १४९ रुपैयाँ ५० पैसामा बिक्री हुनेछ । बढेर आएको मूल्य समायोजन नगर्दा आईओसीलाई भुक्तानी गर्न नसकिने र त्यसले देशको समग्र इन्धन आपूर्ति प्रणाली नै अवरुद्ध हुने जोखिम देखिएपछि बाध्यतावश यो निर्णय लिनुपरेको निगमले प्रस्ट पारेको छ ।

 

सार्वजनिक सवारी र ढुवानीका साधनमा प्रयोग हुने डिजेलको मूल्य अत्यधिक बढाउँदा सर्वसाधारण र उपभोग्य वस्तुको बजारमा गम्भीर असर पर्ने भएकाले अधिकतम लचकता अपनाएर डिजेलमा कम मूल्य वृद्धि गरिएको निगमको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको सम्पूर्ण भार उपभोक्तामाथि मात्र नथोपरि केही रकम ‘मूल्य स्थिरीकरण कोष’बाट समेत व्यवस्थापन गरिएको छ । यद्यपि, यति ठूलो मात्रामा मूल्य वृद्धि गर्दा समेत निगमलाई पाक्षिक (१५ दिनमा) करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण विज्ञप्तिमा उल्लेख छ ।

 

हालको विषम परिस्थितिका कारण बाध्य भएर मूल्य बढाउनुपरेको भन्दै निगमले यसबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति आफू गम्भीर र सचेत रहेको जनाएको छ । साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नासाथ तत्काल नेपालमा पनि मूल्य घटाउने प्रतिबद्धता व्यक्त गर्दै निगमले यस चुनौतीपूर्ण अवस्थामा सबै उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको अपेक्षा गरेको छ ।

 

 

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...