YouTube Link

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

Facebook Link

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको ८ क्षेत्रको मतगणना शुरू हुन बाँकी रहेको  छ । निर्वाचन आयोगका अनुसार  सङ्खुवासभा, इलाम क्षेत्र नं १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ गरी ८ क्षेत्रको समानुपातिकतर्फको मतगणना शुरू हुन बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

 

धनुषा ३, महोत्तरी १, सर्लाही २, बारा १, २, ३ र ४, रौतहट १, पर्सा १, २ र ४, रसुवा, सिन्धुली १ र २, दोलखा, कन्चनपुर १, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली १, ताप्लेजुङ, धनकुटा, झापा ३, मोरङ २, ३, ४ र ६, सुनसरी ३, तेह्रथुम, उदयपुर २, गुल्मी १, रोल्पा, रुकुम पश्चिम, बाँके १, २ र ३, अर्घाखाँची, कपिलवस्तु २, दाङ २ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व १ र २, मुस्ताङ, म्याग्दी, स्याङ्जा १, मनाङ, बाग्लुङ, काठमाडौँ १ देखि १०, भक्तपुर १ र २, ललितपुर १ र ३ क्षेत्रको समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको पनि उनले जानकारी दिए ।

 

यही फागुन २७ गते बिहानसम्म समानुपातिक तर्फको सबै मत गणना भइसक्ने अपेक्षा गरिएको आयोगले जनाएको छ । समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछन् ।

 

निर्धारित संख्यामा समानुपातिक क्लष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी क्लष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइने छ । आगामी चैत ५ गतेभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्य सहित आयोगले काम गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...