YouTube Link

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

Facebook Link

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार बिहीबार साँझ ५:४५ देखि शुक्रबार बिहान ७:४५ सम्म कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ ।

 

हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै विभागले पूर्वतयारी र सावधानी अपनाउन सर्वसाधारणलाई सूचित गरेको हो । मौसम विभागले विशेष बुलेटिन सार्वजनिक गर्दै सचेत हुन अनुरोध गरेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

यस्तै, कोशी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षा तथा तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा चट्याङ्ग सहित भारी वर्षा र देशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...