YouTube Link

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दैछ । खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ । दक्षिण एसियामा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । तर पनि नेपालको छुट्टै साख छ । नेपाल साफ च्याम्पियनसिपको पछिल्लो ७ मध्ये एउटामा बाहेक सबैमा फाइनलमा पुगेको इतिहास छ ।

 

नेपालले पहिलो खेलमा भुटानसँग १-० को जित निकाल्यो । सो खेलमा प्रदर्शन फितलो रह्यो । दोस्रो खेलमा श्रीलंकासँग खेल्दा नेपालको प्रदर्शनमा सुधार देखियो । प्रशिक्षक नविन न्यौपानेले मौसमसँग घुलमिल हुन निकै गाह्रो परेको कारण भुटानसँग प्रदर्शन सोचेअनुरूप हुन नसकेको बताए । भुटानविरूद्धको फ्रन्ट लाइनमा खेलाडीले सोलो खेल्ने प्रयास गरेको र श्रीलंकाविरूद्ध केहि हदसम्म कम्बिनेसन खेल देखिनु टोलीको लागि सुखद रहेको उनले बताए ।

 

दक्षिण एसियामा पछिल्लो समय बंगलादेश नयाँ शक्तिको रूपमा उदाएको छ । पछिल्लो दुई संस्करणको उपाधि जित्दै बंगलादेशले साफमा प्रभुत्व जमाएको हो । तर बंगलादेश पनि ट्रान्जिसनल पिरियडबाट गुजरिरहेको छ । नयाँ खेलाडीहरूको बाहुल्यता रहेको छ । भारतसँगको ३-० को हार र माल्दिभ्सलाई ४-२ ले हराउँदाको प्रदर्शनले पनि बंगलादेशलाई तुलनात्मक रूपमा कमजोर मान्ने आधार हो ।

 

नेपाली टोली पनि यो पटक पूर्ण छैन । नियमित तथा टिमकी गोल मसिन सावित्रा भण्डारी (साम्बा) र सविता राना मगर नहुनु नेपालको लागि कमजोर पक्ष हो ।‌ यद्दपी उनीहरू बिना नेपालले दुई खेलमा निकालेको जितले टोलीमा आत्मविश्वास बढेको हुनुपर्दछ । रश्मिकुमारी घिसिङले श्रीलंकाविरूद्ध गोल गर्नु सकारात्मक पक्ष रहेको छ । नेपाल र बङ्गलादेशबीच अहिलेसम्म १२ खेल भएको छ । जहाँ नेपालले ५ खेल जितेको छ । बङ्गलादेशले २ खेल जित्दा ५ खेल बराबरीमा सकिएको थियो ।

 

साफमा नेपालको इतिहास

सन् २०१० देखि सुरू भएको साफ महिला च्याम्पियनसिपमा नेपालको दरिलो उपस्थिती रहँदै आएको छ । छ पटक फाइनलमा पुगेपनि नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन् । सन् २०१० देखि २०१४ सम्मको पहिलो तीन संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुन पुग्यो । सन् २०१४ को चौथो संस्करण साफ इतिहासमा नेपालले सबैभन्दा कमजोर प्रदर्शन गर्यो। नेपाल सेमिफाइनलमा नै पराजित हुँदै बाहिरियो ।

 

यसपछि सन् २०१९ मा नेपाल चौथो पटक भारतसँग फाइनलमा पराजित हुन पुग्यो । छैटौं संस्करणमा भने सँधैको तगारो भारतलाई नेपालले सेमिफाइनलमा माथ दियो । तर फाइनलमा बङ्गलादेश बाधक बनिदियो । दशरथ रङ्गशालामा भएको सो फाइनलमा नेपाल ३-१ ले पराजित हुँदा पाँचौ पटक उपाधि जित्न चुक्यो । यसपछि गत संस्करण अर्थात् २०२४ को सातौं संस्करणमा पनि नेपालले सेमिफाइनलमा भारतलाई हरायो । तर विडम्बना फेरि नेपाल बङ्गलादेशसँग २-१ ले चुक्यो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...