YouTube Link

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

Facebook Link

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दैछ । खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ । दक्षिण एसियामा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । तर पनि नेपालको छुट्टै साख छ । नेपाल साफ च्याम्पियनसिपको पछिल्लो ७ मध्ये एउटामा बाहेक सबैमा फाइनलमा पुगेको इतिहास छ ।

 

नेपालले पहिलो खेलमा भुटानसँग १-० को जित निकाल्यो । सो खेलमा प्रदर्शन फितलो रह्यो । दोस्रो खेलमा श्रीलंकासँग खेल्दा नेपालको प्रदर्शनमा सुधार देखियो । प्रशिक्षक नविन न्यौपानेले मौसमसँग घुलमिल हुन निकै गाह्रो परेको कारण भुटानसँग प्रदर्शन सोचेअनुरूप हुन नसकेको बताए । भुटानविरूद्धको फ्रन्ट लाइनमा खेलाडीले सोलो खेल्ने प्रयास गरेको र श्रीलंकाविरूद्ध केहि हदसम्म कम्बिनेसन खेल देखिनु टोलीको लागि सुखद रहेको उनले बताए ।

 

दक्षिण एसियामा पछिल्लो समय बंगलादेश नयाँ शक्तिको रूपमा उदाएको छ । पछिल्लो दुई संस्करणको उपाधि जित्दै बंगलादेशले साफमा प्रभुत्व जमाएको हो । तर बंगलादेश पनि ट्रान्जिसनल पिरियडबाट गुजरिरहेको छ । नयाँ खेलाडीहरूको बाहुल्यता रहेको छ । भारतसँगको ३-० को हार र माल्दिभ्सलाई ४-२ ले हराउँदाको प्रदर्शनले पनि बंगलादेशलाई तुलनात्मक रूपमा कमजोर मान्ने आधार हो ।

 

नेपाली टोली पनि यो पटक पूर्ण छैन । नियमित तथा टिमकी गोल मसिन सावित्रा भण्डारी (साम्बा) र सविता राना मगर नहुनु नेपालको लागि कमजोर पक्ष हो ।‌ यद्दपी उनीहरू बिना नेपालले दुई खेलमा निकालेको जितले टोलीमा आत्मविश्वास बढेको हुनुपर्दछ । रश्मिकुमारी घिसिङले श्रीलंकाविरूद्ध गोल गर्नु सकारात्मक पक्ष रहेको छ । नेपाल र बङ्गलादेशबीच अहिलेसम्म १२ खेल भएको छ । जहाँ नेपालले ५ खेल जितेको छ । बङ्गलादेशले २ खेल जित्दा ५ खेल बराबरीमा सकिएको थियो ।

 

साफमा नेपालको इतिहास

सन् २०१० देखि सुरू भएको साफ महिला च्याम्पियनसिपमा नेपालको दरिलो उपस्थिती रहँदै आएको छ । छ पटक फाइनलमा पुगेपनि नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन् । सन् २०१० देखि २०१४ सम्मको पहिलो तीन संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुन पुग्यो । सन् २०१४ को चौथो संस्करण साफ इतिहासमा नेपालले सबैभन्दा कमजोर प्रदर्शन गर्यो। नेपाल सेमिफाइनलमा नै पराजित हुँदै बाहिरियो ।

 

यसपछि सन् २०१९ मा नेपाल चौथो पटक भारतसँग फाइनलमा पराजित हुन पुग्यो । छैटौं संस्करणमा भने सँधैको तगारो भारतलाई नेपालले सेमिफाइनलमा माथ दियो । तर फाइनलमा बङ्गलादेश बाधक बनिदियो । दशरथ रङ्गशालामा भएको सो फाइनलमा नेपाल ३-१ ले पराजित हुँदा पाँचौ पटक उपाधि जित्न चुक्यो । यसपछि गत संस्करण अर्थात् २०२४ को सातौं संस्करणमा पनि नेपालले सेमिफाइनलमा भारतलाई हरायो । तर विडम्बना फेरि नेपाल बङ्गलादेशसँग २-१ ले चुक्यो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...