YouTube Link

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

Facebook Link

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । दुर्घटनाका घाइतेको उद्धार गरी नजिकैका अस्पताल पुर्‍याइएको छ भने हराइरहेका ४ जनाको खोजी भइरहेको उच्च अधिकारीले जानकारी दिएका छन् ।

 

देशको सशस्त्र बलका प्रमुख ह्युगो अलेजान्ड्रो लोपेजका अनुसार ‘लकहिड मार्टिन’ कम्पनीले निर्माण गरेको ‘हर्कुलस सी-१३०’ नामक उक्त विमानमा १२८ जना सवार थिए । विमानमा वायुसेनाका ११ सदस्य, सेनाका ११५ कर्मचारी र दुई जना राष्ट्रिय प्रहरी अधिकारी रहेका थिए । दुर्घटनास्थलमा बेपत्ताहरूको खोजी र शव संकलन कार्य जारी रहेको छ । त्यहाँका रक्षामन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारीअनुसार पेरुसँगको सीमा क्षेत्रमा रहेको पुएर्तो लेगुइजामोबाट उड्ने क्रममा उक्त विमान दुर्घटनामा परेको हो ।

 

दमकल विभागका अधिकारी एडुआर्डो सान जुआन काल्लेजसले स्थानीय सञ्चारमाध्यम ‘काराकोल’ लाई बताएअनुसार उड्न लाग्दा धावनमार्गको अन्तिम बिन्दुतिर विमान ठोक्किएको र त्यसपछि भुइँमा खस्ने क्रममा एउटा पखेटा रूखमा अल्झिएको थियो । खस्ने क्रममा विमानमा आगलागी भएको र भित्र रहेका विस्फोटक पदार्थ पड्किएको समेत उनले जानकारी दिए । विकट क्षेत्रमा भएको यस दुर्घटनामा स्थानीय बासिन्दाले सबैभन्दा पहिले उद्धार सुरु गरेका थिए । सार्वजनिक भएका भिडियोमा स्थानीयले घाइते सैनिकलाई मोटरसाइकलमा राखेर धुलाम्मे सडक हुँदै अस्पताल पुर्‍याइरहेको देखिन्छ ।

 

पछि सैन्य सवारीसाधन घटनास्थल पुगे पनि भौगोलिक विकटताका कारण उद्धार कार्यमा बाधा पुगेको अधिकारीले बताएका छन् । सशस्त्र बलका प्रमुख लोपेजका अनुसार ५७ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये ३० जनाको अवस्था सामान्य रहेको र उनीहरूलाई सैनिक क्लिनिकमा राखिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...