YouTube Link

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

Facebook Link

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै गएको युद्धका कारण तेलको मूल्य आकाशिएपछि विश्व बजारमा अमेरिकी डलरको मूल्य ह्वात्तै बढेको हो । लामो समयसम्म युद्ध लम्बिने र यसले ऊर्जा आपूर्तिमा अवरोध पुर्‍याई विश्वव्यापी आर्थिक वृद्धिलाई असर गर्ने डरले लगानीकर्ताहरू सुरक्षित मानिने डलरतर्फ आकर्षित भएका हुन् ।

 

एसियाली बजारमा सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरको नजिक पुगेको थियो । यद्यपि, जी-७ का अर्थमन्त्रीहरूले आपतकालीन भण्डारबाट तेल निकाल्ने विषयमा छलफल गर्ने समाचार बाहिरिएपछि मूल्यमा सामान्य गिरावट आएको छ । तेलको मूल्य वृद्धिसँगै युरो, स्टर्लिङ पाउन्ड र अस्ट्रेलियन डलरको मूल्यमा ०.६ देखि ०.७ प्रतिशतसम्म गिरावट आएको छ। अमेरिका ऊर्जा निर्यात गर्ने मुलुक भएकाले पनि युरोपेली देशहरूको तुलनामा डलर बढी सुरक्षित र बलियो देखिएको हो ।

 

बजार विश्लेषकहरूका अनुसार इन्धनको मूल्य वृद्धिले विश्वव्यापी मुद्रास्फीति बढाउने र आर्थिक वृद्धि रोक्ने डरले लगानीकर्ताहरू जोखिम मोल्न चाहिरहेका छैनन् । विशेष गरी मध्यपूर्वको तेल र ग्यासमा बढी निर्भर रहने एसियाली क्षेत्र यस ऊर्जा संकटबाट सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । इरानले आफ्नो कट्टरपन्थी अडान कायम राख्दै उत्तराधिकारी घोषणा गरेको र ओमान खाडीको जलमार्गमा आक्रमण जारी राखेका कारण विश्वको झण्डै २० प्रतिशत इन्धन आपूर्तिमा अवरोध पुगेको छ ।

 

कतारका ऊर्जा मन्त्रीले खाडीका ऊर्जा उत्पादकहरूले निर्यात ठप्प पार्न सक्ने चेतावनी दिएका छन्, जसले गर्दा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । उच्च ऊर्जा मूल्यले करको जस्तै काम गर्ने र महँगी बढाउने हुँदा केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना पनि कम हुँदै गएको छ । यसले गर्दा आगामी साताहरूमा विश्व बजार अझै अस्थिर र चुनौतीपूर्ण बन्ने देखिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...