YouTube Link

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

World Cup 2026
Facebook Link

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता भएको छ । औपचारिक भ्रमणमा रहेका मन्त्री खनाल र समकक्षी जयशंकरबीच भएको वार्तामा नेपाल-भारत सम्बन्धका विविध पक्ष, विकास सहकार्य, कनेक्टिभिटी, व्यापार, पारवहन र ऊर्जा लगायतका विषयमा व्यापक छलफल भएको हो ।

 

वार्ताका क्रममा दुवै मन्त्रीले नेपाल-भारत सहकार्यका क्षेत्रमा भएका प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि र क्षमता अभिवृद्धिमा साझेदारी विस्तार गर्ने सहमति जनाएका छन् । यसैबीच, भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच व्यक्तिगत रकम स्थानान्तरण (पियर-टु-पियर) सेवा औपचारिक रूपमा सुरु भएको छ । यसबाट दुई देशबीचको सीमापार डिजिटल भुक्तानी थप सहज हुने अपेक्षा गरिएको छ ।

 

वार्तापछि भारतले सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत निर्माण सम्पन्न भएका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा संरक्षण परियोजना नेपाललाई हस्तान्तरण गरेको छ । द्विपक्षीय वार्तामा आपराधिक मामिलामा पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकोमा दुवै पक्षले स्वागत गरेका छन् । यसले सीमापार अपराध अनुसन्धान र न्यायिक प्रक्रियालाई संस्थागत बनाउने बताइएको छ ।

 

भ्रमणकै क्रममा डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्म विकास गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ, जसमा दुवै मन्त्री साक्षी बसेका थिए। परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका छन् । गत मार्चमा नेपालमा नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्री स्तरमा भएको यो पहिलो भारत भ्रमण हो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

वि.सं.२०८३ असार २९ सोमवार १२:१९

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...