YouTube Link

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

Facebook Link
vision

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन, मुठभेड, द्वन्द्व र विद्रोहको प्रकृतिअनुसार प्रतिकार्यका लागि शान्ति-सुव्यवस्था स्थापित गर्न कहिलेकाहिँ अप्रिय लाग्ने निर्णय पनि गर्नुपर्ने प्रहरी पेशा । अनि भावमा बहेर समाजको चित्रण, मार्गदर्शन र उत्प्रेरणा जगाउने गीत-साहित्य सिर्जना । यो दुवैलाई एकसाथ अघि बढाउनु (त्यो पनि एकातिर बन्दूक, अर्कोतिर कलम) ख्याल-ठट्टाको विषय हुँदै हुन्न । पेशाले हतियारधारी संगठन नेपाल प्रहरीका महानिरीक्षक हुन्, दानबहादुर कार्की । पेशाअनुसार उनी कहिलेकाहीं कठोर पनि हुनुपर्ने हुन्छ ।

 

तर, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई नजिकबाट चिन्नेहरु भन्छन्- ‘पेशागत जीवनमा उनले आफ्नो काबिलता जसरी प्रस्तुत गरेका छन्, त्यसैगरी कवि हृदयको भावुक मन अनि गीतकार स्वभावलाई पनि सँगसँगै अघि बढाएर उचाई छोएका छन् ।’ त्यसैको फलस्वरुप हुनुपर्छ, देशभक्ति, प्रेम, सदभाव, राष्ट्रिय एकता, विकास र सु-शासनको सन्देशसहित सबै नेपालीको भावना र आकांक्षालाई समेटेर तयार गरिएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचनामा ‘अब बन्छ मेरो देश’ राष्ट्रिय गीत भिडियोसहित सार्वजनिक भएको छ ।

 

‘अब बन्छ मेरो देश’ मा समीर खरेल, सविन सुवेदी, सदीक्षा कट्टेल र बेनिशा पौडेलको स्वर, दीपक शर्माको संगीत, उदयराज पौडेलको एरेञ्ज रहेको छ भने म्युजिक भिडियोमा आर्यन सिग्देल, सविन कार्की,  कविता नेपाली, चाहना रानामगर, किरण थापालगायतका कलाकारको अभिनय, किरण थापाको निर्देशन तथा नृत्य-निर्देशन (कोरियोग्राफी), पवन सोस्लिनको छायांकन र सरोज वलीको परिकल्पना रहेको छ । प्रहरी महानिरीक्षक कार्कीका यसअघि ‘आमा म त फर्केर आएँ, खरानीबाट उठेर आएँ…’, ‘फूलको बास्नसरी…’ लगायत सामाजिक परिवेश र सन्दर्भलाई समेटेर जनमन छुने खालका थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् ।

 

राष्ट्रका खातिर जोखिमपूर्ण जिम्मेवारी र निःस्वार्थ सेवा भाव बोकेका सकल दर्जाका प्रहरी कर्मचारीको मनोबल सदैव उच्च राख्न अहोरात्र प्रयासरत् रहेका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचनामा सार्वजनिक भएको राष्ट्रिय गीत ‘अब बन्छ मेरो देश’ म्युजिक भिडियोले खासमा सु-शासनको जगमा टेकेर सकारात्मक सोच, सहकार्य र परिवर्तनको आवश्यकतालाई आत्मसात् गरी सामाजिक रुपान्तरण, अन्याय-अत्याचारको अन्त्य, आमदेशबासीमा न्यायप्रतिको भरोषा र आशा, आपसी सहिष्णुता, भ्रातृत्वभाव तथा राष्ट्रिय एकतामार्फत् समृद्ध नेपाल बनाउन सकिने सन्देश बोकेको छ ।

 

दक्षिण एसियामा उत्कृष्ठ अनुसन्धाताको छवि बनाएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले दशैं-तिहार, बाल गीत-साहित्यमा पनि कलम चलाएका छन् । बहुविधामा आफूलाई निपूर्ण सावित गराएका उनका सिर्जनाले शान्त, सुरक्षित, समृद्ध र सु-शासनयुक्त मुलुकको निर्माणमा प्रेरणा त प्रदान गर्छन् नै, त्यसमाथि हरेक आपत्-विपतमा जनतासँग सधैं नजिक रहने र देशभर सरकारको पहिलो उपस्थिति जनाउने नेपाल प्रहरीका सकल दर्जालाई राष्ट्र र राष्ट्रबासीको निःस्वार्थ सेवाका खातिर सदैव सकारात्मक उर्जा भर्ने उत्प्रेरण पनि जगाइरहेका हुन्छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...