YouTube Link

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

World Cup 2026
Facebook Link

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका काकाले उपाधि जितेका थिए । सोही मञ्चमा भएको एउटा रोचक घटनाले एउटा नयाँ युगको सुरुवातको संकेत दियो । युवा खेलाडी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो क्रमशः दोस्रो र तेस्रो भएका थिए । तर, फुटबलका महान् खेलाडी पेलेले झुक्किएर दोस्रो स्थानको ट्रफी रोनाल्डोलाई दिए । फिफा अध्यक्षले बीचमा परेर उनीहरूलाई ट्रफी साट्न लगाउनुपर्यो । त्यतिबेला यी दुई युवाको अनुहारमा देखिएको गम्भीरताले भविष्यको ठूलो प्रतिस्पर्धाको झल्को दिन्थ्यो । त्यसपछिको १० वर्षसम्म अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोबाहेक अरू कसैले पनि विश्वकै उत्कृष्ट खेलाडीको अवार्ड जित्न सकेनन् ।

 

सन् २००७ यता दिइएका २९ वटा मुख्य अवार्डमध्ये २० वटा त यी दुईले नै बाँडेका छन् । यी दुईले मिलेर झन्डै दुई हजार गोल गरेका छन् र क्लब तथा देशका लागि ८५ वटा ट्रफी जितेका छन् । अर्जेन्टिनाका एन्जल डी मारिया भन्छन्, ‘मलाई लाग्दैन कि फुटबलको इतिहासमा यस्तो प्रतिस्पर्धा फेरि कहिल्यै देखिनेछ ।’

 

फरक स्वभाव, उस्तै संघर्ष

यी दुईलाई एकअर्काको विपरीत मानिन्छ । मेसी ड्रिब्लिङमा माहिर र लजालु स्वभावका छन् भने रोनाल्डो शारीरिक रूपमा शक्तिशाली देखिन्छन् । तर, उनीहरूको संघर्षको कथा उस्तै छ । दुवै गरिव परिवारमा जन्मिएका थिए र आफ्नो सपना पूरा गर्न सानै उमेरमा घर छाडेर हिँडेका थिए त्यतिबेला मेसी १३ वर्ष र रोनाल्डो १२ वर्षका थिए ।

 

स्पेनको त्यो सुनौलो युग

सन् २००९ मा रोनाल्डो रियल मड्रिड गएपछि यो प्रतिद्वन्द्विताले उत्कर्ष रूप लियो । स्पेनमा बिताएका ९ सिजनमा रोनाल्डोले ४३८ खेलमा ४५० गोल गरे भने मेसीले ४७६ खेलमा ४७१ गोल गरे । उनीहरू एकअर्कालाई जित्नकै लागि हरेक खेलमा ज्यान दिएर खेल्थे । मैदानमा गरेको ‘जर्सी सेलिब्रेसन’ देखि सामाजिक सञ्जालमा हुने फ्यानहरूको बहससम्म, सबै कुराले फुटबललाई पहिलेभन्दा धेरै लोकप्रिय बनायो ।

 

मैदान बाहिरको क्रेज

आज मेसी र रोनाल्डो केवल खेलाडी मात्र होइनन्, उनीहरू एउटा ठूलो ब्राण्ड हुन् । इन्स्टाग्राममा रोनाल्डोका ७० करोड र मेसीका ५० करोड फलोअर्स छन् । रोनाल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी हुन् (३०० मिलियन डलर), मेसी तेस्रो स्थानमा छन् (१४० मिलियन डलर) । २०२२ को विश्वकपअघि उनीहरूले लुइ भिटनको सुटकेसमा चेस खेलिरहेको तस्बिरले इन्टरनेटमा सबै रेकर्ड तोडेको थियो ।

 

धेरैका लागि यो बहस कहिल्यै सकिने छैन । रोनाल्डोलाई फुटबल इतिहासकै ‘महान् गोल मेसिन’ मानिन्छ भने मेसीलाई ‘महान् खेलाडी’ । मेसीले विश्वकप जितेपछि धेरैले यो बहस सकिएको र मेसी नै इतिहासकै सर्वोत्कृष्ट भएको मान्छन् । यो कथा अझै सकिएको छैन । सन् २०२६ को विश्वकपमा यदि अर्जेन्टिना र पोर्चुगलको भेट भयो भने, यो महान् प्रतिद्वन्द्विताको अन्तिम र सबैभन्दा रोमाञ्चक अध्याय त्यहीँ लेखिनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

वि.सं.२०८३ असार २९ सोमवार १२:१९

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...