YouTube Link

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

World Cup 2026
Facebook Link
vision
नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्की ।

नवप्रवर्तन, इमान्दारिता र तत्परतामार्फत् मानवअधिकारमैत्री नागरिककेन्द्रीत प्रहरी सेवालाई अझ परिस्कृत गर्दै लैजाने र रुपान्तरण गर्ने ध्येयका साथ ७ वटा रणनीतिक क्षेत्र, ३६ वटा रुपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्यक्रम समेटेर नेपाल प्रहरीले रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक गरेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ ले नेपाल प्रहरीको आधुनिकीकरणमा ठूलै फड्को मार्ने अपेक्षा गरिए पनि त्यसको लक्ष्य भेट्टाउन परम्परागत बजेटले नधान्ने देखिन्छ ।

 

रणनीतिक योजनाको कार्यान्वयन र अनुगमनको पाटोलाई प्रभावकारी बनाउन विगतका योजना कार्यान्वयनमा देखिएका समस्या तथा कमजोरीहरुको पूर्वानुमान गरी सम्भावित चुनौतीहरुको निराकरण गर्ने उपायसमेत सुझाइएको नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ मा जनशक्तिको सेवा विशिष्ठिकृत कार्य विवरण, कार्य सम्पादनमा आधारित वृत्ति-विकास, अपराध-अनुसन्धान, प्रहरी कार्यको विशिष्ठिकरण, आधारभूत क्षमता स्थापना, प्रहरी-प्रशासन र सेवा प्रवाहका प्रणालीहरुको कार्य दक्षता, कार्य प्रभावकारितामा सुधार अल्पकालीन लक्ष्यमा उल्लेख छ ।

 

त्यसैगरी नीतिगत र कानूनी सुधार, समुदाय-प्रहरी सहकार्य संस्थागत र सुदृढ, समस्या, पूर्वानुमानमा आधारित अपराध रोकथाम र नियन्त्रण प्रणाली, सुपरीवेक्षण, अनुगमन, मूल्याङ्कनका वैज्ञानिक मापदण्डहरुको विकास र कार्यान्वयनसमेत अल्पकालीन लक्ष्यमा समावेश गरिएको छ । आगामी साउन १ गतेबाट कार्यान्वयनमा जाने नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ मा समाजमा शान्ति-सुव्यवस्था, न्यायिक पहुँच, प्रहरी सेवा प्रवाहको स्तरमा अभिबृद्धिद्वारा सु-शासन प्रवर्द्धन, पारदर्शी प्रहरीद्वारा जनविश्वास र सन्तुष्टीको स्तरमा अभिबृद्धि, अपराधको रोकथाम, नियन्त्रण, अनुसन्धानमा प्रभावकारिता, दक्ष, नैतिकवान र उत्प्रेरित मानव संशाधन, सुदृढ पूर्वाधार र कार्य वातावरण दीर्घकालीन लक्ष्यमा समेटिएको छ ।

 

सरकारको १ सय बूँदे कार्ययोजनालाई सफल पार्ने ध्येय राखेको झैं लाग्ने नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ‘सरकारका कार्ययोजना सफल पार्नु आफ्नो तर्फबाट हाम्रो प्रमुख दायित्व हो’ भन्दै नेपाल प्रहरीलाई परम्परागत पुलिसिङबाट आधुनिक, वैज्ञानिक र प्रविधिमा आधारित संगठनका रुपमा विकास गर्ने मार्गचित्र कोरिएको प्रष्ट्याएका थिए । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले भन्छन्- ‘२०८०-२०८२ को रणनीतिक योजनाको समीक्षासहित नेपाल प्रहरी संगठनलाई समय-सापेक्ष बनाउँदै झन् जनउत्तरदायी, मानवअधिकार-नागरिकमैत्री आधुनिक नेपाल प्रहरी बनाउने गन्तव्य निर्धारण गरेर रणनीतिक योजना सार्वजनिक गरिएको हो ।’

 

लोकतान्त्रिक व्यवस्थामा नागरिकको गुनासो सुनुवाई गर्न प्रविधिको उच्चतम प्रयोग गर्ने अग्रणी संगठन नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ मा पनि प्रविधिको झन् बढी उपयोग गर्दै आधुनिक पुलिसिङद्वारा नागरिक सेवामा समर्पित रहने उल्लेख छ । अन्वेषण, योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्ट प्रविधियुक्त, प्रमाणमुखी र सूचनामा आधारित अनुसन्धानात्मक क्षमताको विकासद्वारा अपराध-अनुसन्धानको प्रभावकारिता अभिबृद्धि गर्दै कृत्रिम बौद्धिकतालगायत सूचना प्रविधिका प्रणालीहरुलाई क्रमशः मूल प्रवाहीकरण गरी सांगठनिक कार्य दक्षता बढाउँदै सेवा प्रवाहमा प्रभावकारिता, चुस्तता र नागरिकको पहुँच अभिबृद्धि गर्ने लक्ष्य रहेको बताउँछन् ।

 

आवश्यक साधन-स्रोतको पर्याप्तताविना भएको साधन-स्रोतको उच्चतम प्रयोगद्वारा नेपाल प्रहरीको रणनीतिक योजना २०८०-२०८२ मा ९४.७२ प्रतिशत समग्र उपलब्धी प्राप्त भएको पाइएको छ । उक्त योजनामा १३ वटा मुख्य लक्ष्यहरु, ४० वटा कार्यगत उद्देश्यहरु र २ सय ७ वटा क्रियाकलाप समेटिएका थिए । ‘चुस्त प्रहरी सेवा र सुरक्षित समुदाय’ का लागि नेपाल प्रहरीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको पनि शुभारम्भ गरेको छ । यसको प्रमुख ध्येय बदलिँदो समयअनुसार नागरिकका आकांक्षा, भावना र चाहनालाई सम्बोधन गर्नु नै हो । नेपाल प्रहरी अहिले कहाँ छ, बदलिएर कस्तो हुनेछ ? यसको पूर्णखाका नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ मा प्रष्ट रुपमा कोरिएको छ । यसको प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि वार्षिक कार्ययोजनाहरु निर्माण गरिने, प्रहरी महानिरीक्षकदेखि इलाका प्रहरी कार्यालयसम्मका प्रमुखहरुले आ-आफ्ना सुपरीवेक्षकसँग गर्ने कार्य सम्पादन सम्झौताको सम्पन्न गर्नुपर्ने क्रियाकलापहरुभित्र रणनीतिक योजनाका कार्यक्रमहरु समेत समावेश गरिने नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

दक्षिण एसियामा उत्कृष्ठ अनुसन्धाता कहलिएको, मुलुकभर सरकारको पहिलो उपस्थिति जनाउने नेपाल प्रहरी अहिले पनि भौतिक पूर्वाधार तथा साधन-स्रोतको पर्याप्तताविनै नागरिक सेवामा समर्पित छ । कतिपय कार्यालयहरु भाडाकै घरमा छन् भने कतिपय कार्यालयहरुमा सवारी साधन नै छैनन् । यही अवस्थाबीच सरकारले निर्धारण गरेको १ सय बूँदे कार्ययोजनालाई सफल पार्ने ध्येयका साथ आधुनिक पुलिसिङको अवधारणासहित सार्वजनिक गरिएको नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ मा उल्लेखित प्रावधानले गन्तव्य भेट्टाउन सरकारले आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त साधन-स्रोतको व्यवस्था नगरिदिने हो भने सम्भव हुन गाह्रो छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार...

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:२२

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

वि.सं.२०८३ जेठ ५ मंगलवार ०८:४५

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...