YouTube Link

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

Facebook Link

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सत्तारुढ दल कांग्रेस र एमालेबीचको सहमति अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्री हेरफेर गरेका हुन् । एमाले र कांग्रेसको गठबन्धन सरकारमा दुवै दलबाट ४-४ जना नयाँ मन्त्री थपिएका हुन् । उनीहरूलाई गण्डकी प्रदेश प्रमुख डिल्ली भट्टले बुधबार मध्याह्न शपथ गराएका छन् ।

 

यससँगै गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा नयाँ मन्त्रीहरूको नियुक्ति र शपथ भएको हो । गठबन्धनका तर्फबाट नेकपा एमालेका ४ जना सांसद सरकारमा सहभागी भएका छन् । एमालेका गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । सोही दलकी यशोदा रिमाललाई उद्योग तथा पर्यटन मन्त्रीको जिम्मेवारी दिइएको छ । लक्ष्मण पाण्डेले कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रीका रुपमा कार्यभार सम्हालेका छन् । भीम कार्कीले स्वास्थ्य मन्त्रीको सपथ लिएका छन् ।

 

नेपाली कांग्रेसका तर्फबाट पनि ४ जना मन्त्रीले नयाँ जिम्मेवारी पाएका छन् । कांग्रेसका जित शेरचन अर्थ मन्त्री नियुक्त भएका छन् । नन्दप्रसाद न्यौपानेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् । नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बनेका छन् । रेखा गुरुङलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

 

मन्त्रालयको जिम्मेवारी बाँडफाँटमा केही फेरबदल भएको छ । यसअघि कृषि मन्त्रालय पद्मा जिसीले सम्हालेकी थिइन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्ण पाठकले पाएका थिए । प्रकाश केसी भौतिक पूर्वाधार र मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री रहेका थिए । यस्तै डा.टकराज गुरुङले अर्थ र विन्दुकुमार थापाले सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका थिए । भेषबहादुर पौडेल यसअघि वन तथा वातावरण मन्त्री थिए । ऊर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डे आफैले राखेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...