YouTube Link

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

Facebook Link

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका साथ वि.सं. २०५८ साल चैत २० गते स्थापना भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले २४ औं वार्षिकोत्सव मनाएको छ । प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवम् सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले निर्देशनालयले नागरिकको सूचना पाउने अधिकारको सम्मान गर्दै नागरिक-सेना र सञ्चार जगतबीच पुलका रुपमा काम गरिरहेको उल्लेख गरे ।

 

‘आमजनतालाई सु-सूचित गर्दै चेतनशील समाज निर्माणका लागि खबरदारी गर्ने सञ्चार जगत र देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको जिम्मेवारीमा रहेको नेपाली सेनाको कार्य प्रकृति फरक रहेता पनि राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य हो’ सैनिक प्रवक्ता सहायकरथी बस्नेतले भने-    ‘नेपाली सेना र सञ्चार जगतले हरेक तहमा साझेदारी र सहकार्य गर्दै राष्ट्रिय सुरक्षासँग संवेदनशील सूचनाको व्यवस्थापन र पारदर्शीताका साथ सन्तुलन कायम गर्न जरुरी देखिएको छ ।’

 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले स्थापनाको २४ वर्षमा विभिन्न स्थानमा रक्षा समाचारदाताका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो । हालसम्म ६ सय ८३ जना सञ्चारकर्मीले उक्त कार्यक्रममा सहभागिता जनाइसकेका छन् । कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले वि.सं. २०८२ को लघु चलचित्र प्रतियोगिताका तीन उत्कृष्ट चलचित्र निर्मातालाई पुरस्कार प्रदान गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको २४ औं वार्षिकोत्सवका अवसरमा लघु चलचित्र बुख्याँचाका सुरज पराजुली, अमर कर्तव्यका देवशङ्कर पौडेल र अडानका निर्माता राम नरेशलाई प्रधानसेनापतिले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।

 

प्रतियोगितामा लघु चलचित्र बुख्याँचा प्रथम, अमर कर्तव्य द्वितीय र अडान तृतीय घोषित भई क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । नेपाली सेनाले निर्देशनालय स्थापना दिवसका अवसरमा राष्ट्रिय विकास, विपद् व्यस्थापन, प्रकृति तथा पर्यावरण संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र अन्तर्राष्ट्रिय शान्ति कार्यमा पुर्याएको योगदानसम्बन्धी विषयमा लघु चलचित्र निर्माण गर्न आह्वान गरेको थियो । प्रतियोगिताका लागि ३४ वटा निवेदन परेकामा १० वटा स्क्रिप्ट छनौट गरी चलचित्र निर्माणका लागि सेनाले आवश्यक सहयोग र सहजीकरण गरेकामा ती तीन चलचित्र छनौट भएका थिए ।

 

कार्यक्रममा महाशिवरात्रि तथा सेना दिवस २०८२ का अवसरमा आयोजित नेपाली सेना फोटो प्रदर्शनीका उत्कृष्ट युनिट तथा निर्देशनालयलाई समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा शार्दुलजङ्ग गुल्म प्रथम, सैनिक कल्याणकारी निर्देशनालय द्वितीय र प्रतिविद्रोह तथा जङ्गल शिक्षालय तृतीय घोषित भएका थिए । प्रधानसेनापति सिग्देलले कार्यक्रममा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक २०८२ मा प्रकाशित उत्कृष्ट तीन लेखका सर्जक चन्द्रदेव भट्ट, सहायकरथी दिलविक्रम सुब्बा र महासेनानी ईश्वर बुढाथोकीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...