YouTube Link

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

Facebook Link

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका साथ वि.सं. २०५८ साल चैत २० गते स्थापना भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले २४ औं वार्षिकोत्सव मनाएको छ । प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवम् सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले निर्देशनालयले नागरिकको सूचना पाउने अधिकारको सम्मान गर्दै नागरिक-सेना र सञ्चार जगतबीच पुलका रुपमा काम गरिरहेको उल्लेख गरे ।

 

‘आमजनतालाई सु-सूचित गर्दै चेतनशील समाज निर्माणका लागि खबरदारी गर्ने सञ्चार जगत र देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको जिम्मेवारीमा रहेको नेपाली सेनाको कार्य प्रकृति फरक रहेता पनि राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य हो’ सैनिक प्रवक्ता सहायकरथी बस्नेतले भने-    ‘नेपाली सेना र सञ्चार जगतले हरेक तहमा साझेदारी र सहकार्य गर्दै राष्ट्रिय सुरक्षासँग संवेदनशील सूचनाको व्यवस्थापन र पारदर्शीताका साथ सन्तुलन कायम गर्न जरुरी देखिएको छ ।’

 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले स्थापनाको २४ वर्षमा विभिन्न स्थानमा रक्षा समाचारदाताका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो । हालसम्म ६ सय ८३ जना सञ्चारकर्मीले उक्त कार्यक्रममा सहभागिता जनाइसकेका छन् । कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले वि.सं. २०८२ को लघु चलचित्र प्रतियोगिताका तीन उत्कृष्ट चलचित्र निर्मातालाई पुरस्कार प्रदान गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको २४ औं वार्षिकोत्सवका अवसरमा लघु चलचित्र बुख्याँचाका सुरज पराजुली, अमर कर्तव्यका देवशङ्कर पौडेल र अडानका निर्माता राम नरेशलाई प्रधानसेनापतिले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।

 

प्रतियोगितामा लघु चलचित्र बुख्याँचा प्रथम, अमर कर्तव्य द्वितीय र अडान तृतीय घोषित भई क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । नेपाली सेनाले निर्देशनालय स्थापना दिवसका अवसरमा राष्ट्रिय विकास, विपद् व्यस्थापन, प्रकृति तथा पर्यावरण संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र अन्तर्राष्ट्रिय शान्ति कार्यमा पुर्याएको योगदानसम्बन्धी विषयमा लघु चलचित्र निर्माण गर्न आह्वान गरेको थियो । प्रतियोगिताका लागि ३४ वटा निवेदन परेकामा १० वटा स्क्रिप्ट छनौट गरी चलचित्र निर्माणका लागि सेनाले आवश्यक सहयोग र सहजीकरण गरेकामा ती तीन चलचित्र छनौट भएका थिए ।

 

कार्यक्रममा महाशिवरात्रि तथा सेना दिवस २०८२ का अवसरमा आयोजित नेपाली सेना फोटो प्रदर्शनीका उत्कृष्ट युनिट तथा निर्देशनालयलाई समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा शार्दुलजङ्ग गुल्म प्रथम, सैनिक कल्याणकारी निर्देशनालय द्वितीय र प्रतिविद्रोह तथा जङ्गल शिक्षालय तृतीय घोषित भएका थिए । प्रधानसेनापति सिग्देलले कार्यक्रममा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक २०८२ मा प्रकाशित उत्कृष्ट तीन लेखका सर्जक चन्द्रदेव भट्ट, सहायकरथी दिलविक्रम सुब्बा र महासेनानी ईश्वर बुढाथोकीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...