YouTube Link

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

Facebook Link

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ । हृदयाघात र श्वासप्रश्वास सम्बन्धी जटिलताका कारण शनिबार अस्पताल भर्ना गरिएकी भोसले ९२ वर्षको उमेरमा आइतबार दिउँसो अन्तिम सास फेरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

धेरै महिनादेखि स्वास्थ्य समस्याहरूसँग लड्दै थिइन् र उनको अवस्था बिग्रियो । उनलाई शनिबार राति ब्रिच क्यान्डी अस्पतालको सघन हेरचाह इकाईमा भर्ना गरिएको थियो । उनका छोरा आनन्दले आइतबार दिउँसो खबर पुष्टि गरेको सञ्चारमाध्यमले जनाएका छन् । उनको अन्तिम संस्कार सोमबार गर्ने बताइएको छ ।

 

१९३३ मा मंगेशकर परिवारमा जन्मिएकी उनले सानै उमेरमा संगीतमा आफ्नो यात्रा शुरु गरेकी थिइन् । पारिवारिक वातावरण नै संगीतमय भएकाले उनी सानैमा यसतर्फ आकर्षित भएको बताइन्छ । उनले ९ वर्षकै उमेरमा व्यावसायिक रूपमा गाउन थालेकी थिइन् । १९४३ सम्ममा उनले आफ्नो पहिलो गीत रेकर्ड गराएकी थिइन् ।

 

सयौँ नेपाली गीतहरुमा स्वर दिएकी भोसलेले आफ्नो करियरमा १२ हजारभन्दा बढी गीतहरु गाइसकेकी छन् । ७ दशकभन्दा बढी लामो करिअरमा उनले विभिन्न भाषा र शैलीमा हजारौं गीत गाइन । उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू आज पनि सदाबहार छन् । तर उनको सङ्गीत यात्रा त्यति सजिलो भने थिएन ।

 

१६ वर्षको उमेरमा आशा भोसलेले परिवारको इच्छाविरुद्ध भागेर लता मंगेशकरका सेक्रेटरी गणपतराव भोसलेसँग विवाह गरेकी थिइन् । यस विवाहको लता र परिवारले कडा विरोध गरेका थिए, जसका कारण लामो समयसम्म उनीहरूबीच बोलचाल समेत बन्द भएको थियो । भोसलेले आफ्नो करियरमा धेरै अवार्डहरू प्राप्त गरेकी छन् । यसमा ७ वटा फिल्मफेयर अवार्ड समावेश छन्, जुन उनलाई उत्कृष्ट महिला पार्श्वगायिकाको रूपमा प्रदान गरिएको थियो । साथै, उनले एक लाइफटाइम अचीभमेन्ट अवार्ड पनि प्राप्त गरेकी छन् ।

 

त्यसैगरी, उनलाई सन् २००० मा दादासाहेब फाल्के अवार्ड र सन् २००८ मा पद्म विभूषण जस्ता प्रतिष्ठित सम्मानहरू पनि प्रदान गरिएको थियो। सन् २०१३ मा आशा भोसलेले मराठी चलचित्र ‘माई’ मा अभिनय समेत गरेकी थिइन् । भोसलेको नाममा दुबई र कुवेतमा सञ्चालनमा रहेका रेष्टुरेन्टहरू छन् । हिन्दी बाहेक उनले करिब २० वटा भारतीय तथा विदेशी भाषामा गीत गाएकी छन् । उनले गाएको ‘मोहनी लाग्ला है’, ‘पहाडको माथी माथी’, ‘किन बढ्दैछ ढुकढुकी’, ‘एउटा मान्छे मनपर्छ’, ‘म प्यार बेचिदिन्छु’, ‘तिम्रो मनमा लुकेको कुरा’, आदि जस्ता दर्जनौँ नेपाली गीतहरु सदाबहार छन ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...