YouTube Link

राशन स्केल बृद्धिको निर्णय : नेपाल प्रहरीका सकल दर्जामा उत्साहको सञ्चार

Facebook Link

काठमाडौं: प्रहरी महानिरीक्षक दानबहादुर कार्की नेपाल प्रहरीका कर्मचारीहरुको राशनको स्केल र राशनवापतको दैनिक रकम बृद्धि गर्ने निर्णय गराउन सफल भएका छन् । यो निर्णयसँगै नेपाल प्रहरीका आधारभूत तहमा कार्यरत प्रहरी कर्मचारीहरुको मनोबल बृद्धि भएको छ । जसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षा व्यवस्थामा थप प्रभावकारिता देखिने नै छ ।

 

नेपाल प्रहरीका कर्मचारीहरूको आर्थिक सुरक्षा, कल्याण र आत्मसम्मानको अनुभूति, कार्यक्षमता र कार्य प्रभावकारितामा सुधार, प्रहरी मनोबल र अनुशासनमा सुधार, प्रहरी कर्मचारीहरूको पोषण र स्वास्थ्यमा सुधार, सांगठनिक छवि र आवद्धताको दरमा अभिवृद्धिमा यो निर्णयले सकारात्मक प्रभाव पार्नेछ । यही २०८२ साल फागुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका कर्मचारीहरूको राशनको स्केल र राशनवापतको दैनिक रकम १० प्रतिशत बृद्धि गर्ने नेपाल सरकारको निर्णयले नेपाल प्रहरीका सकल दर्जामा अत्यन्त उत्साहको सञ्चार भएको पाइन्छ ।

 

दशकौंदेखिको अपर्याप्त र असमान राशन प्रणालीलाई समय-सापेक्ष तथा विवेकसम्मत् रूपमा सम्बोधन गर्नुपर्ने सकल दर्जाको मागलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेको दिनदेखि नै उच्च प्राथमिकताका साथ प्रधानमन्त्री, गृहमन्त्री र सचिव एवं अर्थ मन्त्रालयसमक्ष बलियो, जोडदार र प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए । दैनिक आहार र पोषणको औषत आवश्यकताको सन्दर्भमा र अन्य सुरक्षा निकायहरूको सन्दर्भमा समेत न्यून र विभेदपूर्ण रहेको नेपाल प्रहरीको राशन स्केलमा गरिएको यस सुधारलाई समग्र नेपाल प्रहरी र आमजनसमुदायबाट समेत अत्यन्त सकारात्मक रूपमा ग्रहण गरिएको पाइएको छ ।

 

जेन-जी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ भएको क्षति केवल भौतिक रूपमा देखिने मानवीय क्षति र भौतिक संरचनाहरूको क्षतिमा मात्र सीमित थिएन, यसले प्रहरीको मनोबल र उत्प्रेरणामा समेत उल्लेख्य प्रभाव पारेको थियो । समुदायको सक्रिय र उल्लेखनीय सहभागिताले नेपाल प्रहरीका भौतिक संरचनाहरू जुर्मुराउँदै उठेता पनि प्रहरीको मनोबल उठाउने अथक प्रयास प्रहरी महानिरीक्षकबाट जारी रहेको अवस्थामा नेपाल सरकारबाट भएको यस विशेष निर्णयले नेपाल प्रहरीका सकल दर्जाहरूमा उर्जा भर्ने र कार्यसम्पादनमा अत्यन्त सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

राशन स्केलमा भएको बृद्धि नेपाल प्रहरीका हरेक कर्मचारीहरूका लागि आर्थिक सुरक्षा अभिबृद्धि र कल्याणकारी क्षेत्रको विस्तारमात्र नभई अपेक्षाकृत आत्मसम्मानको संरक्षणसमेत हो । दिनरात अविच्छिन्न रूपमा प्रतिकूल परिस्थितिहरू र शारीरिक एवं मानसिक रूपमा जोखिमयुक्त कार्यसम्पादन गर्ने नेपाल प्रहरीका लागि अत्यावश्यक दैनिक पोषणको उपलब्धतामा उल्लेख्य बृद्धि भई स्वास्थ्य र कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...