Texas College
YouTube Link

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

Facebook Link
vision

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले फौजी कमाण्डर । देश, जनता र संगठनको हितका लागि खरै रुपमा प्रस्तुत हुने । तर, कवि हृदय भएको गीतकार मन । अध्ययनशील चरित्र र बौद्धिक व्यक्तित्व । सबैसँग घुलमिल हुने व्यवहार । अध्ययनको विषय विज्ञान । रुची थियो, डक्टर बनेर बिरामीको सेवा गर्ने । तर, कालान्तरमा सशस्त्र प्रहरी बल, नेपालको सर्वोच्च कमाण्डर महानिरीक्षकसम्म बनेर बिरामीको मात्र होइन, राष्ट्रकै सेवा गरेका राजु अर्याल  सशस्त्र प्रहरी महानिरीक्षकको चार वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् ।

 

२०५४ साल चैत १८ गते नेपाल प्रहरीको निरीक्षकका रुपमा राजु अर्यालले राष्ट्र सेवा शुरु गरे । २०५८ सालमा सशस्त्र प्रहरी बल, नेपालमा स्थानान्तरण भएका उनी आजका मितिसम्म सशस्त्र प्रहरी बल, नेपालको सर्वोच्च कमाण्डर सशस्त्र प्रहरी महानिरीक्षक हुन् भने भोलिबाट निवर्तमान हुनेछन् । काबिल फौजी छविका कारण सशस्त्र प्रहरी बल, नेपालमा देखिने गरी सुधार गरेका आफ्ना कमाण्डरलाई संगठनबाट बिदाई गर्नुपर्दा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीको मन अमिलो भएकै होला ।

 

आफ्नो कार्यकालमा बहालवालामात्र होइन, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीको हितमा समेत उत्तिकै क्रियाशील सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरीका परिवारजनसँगको भेटमा भन्ने गरेका थिए- ‘अमर सशस्त्र प्रहरीका परिवारले दुई छाक खानका लागि चिन्ता गर्नु पर्दैन । दुई छाक खानका लागि अप्ठ्यारो अवस्था आए नजिकैको ब्यारेकबाट राशन-पानी लगेर भए पनि तपाईंहरुको मुहारमा खुशी छाउने व्यवस्था मिलाउँछु ।’

 

आधारभूत तहलगायत बहालवाला सशस्त्र प्रहरी कर्मचारीको वृत्ति-विकासमा गरेका निर्णय, अवकाशप्राप्त र अमर सशस्त्र प्रहरीका परिवारजनको जीवन यापनमा देखाएको चासो र लिएको अग्रसरताले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सबैको मन-मनमा बास बस्न सफल भए । सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापा पछिल्लो चार वर्ष संगठन सुधारका विभिन्न पक्षमा भएको प्रयास र कार्य ऐतिहासिक भएको बताउँछन् ।

 

सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक थापाका अनुसार पछिल्लो चार वर्ष नियमित कार्यकालमात्र नभई सशस्त्र प्रहरी बल, नेपालको संस्थागत पुनर्जागरणको चरण, नीतिगत परिर्वतन, संरचनागत विकास, कार्य सम्पादनमा उपलब्धि, थप व्यवसायिक, प्रविधिमैत्री, अनुशासित र जनउत्तरदायी संगठनका लागि कोशेढुंगा सावित भयो । सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक थापा भन्छन्- ‘नेतृत्व तहबाट अघि बढाइएका प्रशासनिक पारदर्शिता, सीमा सुरक्षा सुदृढीकरण, कर्मचारी कल्याण, तालिम विस्तार, विपद् व्यवस्थापन क्षमता अभिबृद्धि तथा स्वास्थ्य सेवा विस्तारजस्ता क्षेत्रमा भएका कामले संगठनको छवि र प्रभावकारिता उकासेको छ ।’

 

सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा खासगरी ‘क्राइम बिट’ हेर्ने पत्रकारहरुले सामूहिक रुपमा मायाको चिनोसहित सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई विदाई गरे । यो नयाँ परम्पराको शुरुवात हो । त्यसबेला सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भनेका थिए- ‘संगठनको कार्यभारबाट म निवर्तमान भए पनि सुझाव, सल्लाह, साथ-सहयोग आदान-प्रदानमा म सधैं संगठनसँगै हुनेछु ।’ वास्तवमा पत्रकारहरुले सामूहिक रुपमा विदाई गरेका उनी पहिलो सशस्त्र प्रहरी महानिरीक्षक हुन् ।

 

निरीक्षकदेखि महानिरीक्षकसम्म बनेको व्यक्ति सुरक्षासम्बन्धी खोज-अनुसन्धान र विश्लेषण गर्नेहरुका लागि स्वयंमा एउटा ‘लाईब्रेरी’ हो । त्यो ‘लाईब्रेरी’ मा भएका ज्ञान-सीप र अनुभवबाट संगठनले मात्र होइन, राज्यले नै थप फाइदा लिन सक्नुपर्छ । सशस्त्र प्रहरी बल, नेपालले जीवन्तरुपमा त्यो फाइदा पक्कै लिने नै छ । तर, राज्य पनि यस्ता ‘लाईब्रेरी’ बाट थप फाइदा लिएर मुलुकलाई समृद्ध बनाउने मार्गमा अग्रसर हुनसक्यो भने कामयावी सावित हुनेछ ।

 

सेवामा रहेका जो-कोहीलाई पनि आफ्नो सेवा अवधि बढाउन पाए हुन्थ्यो भन्ने मानवीय चरित्र नै हुन्छ । तर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल यस्तो अपवाद देखिए, आफ्नो सशस्त्र प्रहरी महानिरीक्षकको कार्यकाल तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा महानिरीक्षकको कार्यकाललाई तीन वर्षे बनाएर तलका बढुवा सहज बनाउन आफैं लागिपरेका थिए । यतिमात्र होइन, अवकाशमा जानु एक महिनाअगाडि बिदा बस्ने योजना बनाए, स्वीकृत भएन । ठीकै छ, एक हप्ताअगाडि बिदा बस्ने योजनामा पनि उनी सफल भएनन् र अवकाशमा जाने दिनसम्म सशस्त्र प्रहरी बल, नेपालको कमाण्ड सम्हालिरहे ।

 

भदौ २३-२४ (२०८२) मा भएको जेन-जी विद्रोहमा जनको थप क्षति हुन नदिने सुरक्षा संयन्त्रको रणनीतिको जश-अपजशबाहेक सशस्त्र प्रहरी महानिरीक्षकको चार वर्षे कार्यकालमा संगठनका सदस्यको मात्र होइन, सरोकारवाला सबै पक्षबाट स्याबासी पाएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका लागि खुशीको कुराचाहिँ आफूजत्तिकै काबिल नारायणदत्त पौड्याललाई सशस्त्र प्रहरी बल, नेपालको कमाण्ड हस्तान्तरण गरेर संगठनबाट बिदा हुन पाउनु नै हो । सशस्त्र प्रहरी महानिरीक्षकको चार वर्षे कार्यकालमा राजु अर्यालले राष्ट्रिय सुरक्षाको घेरालाई पूर्ण पार्न संगठनमा गरेका सुधारका विवरणहरुको फेहरिस्त आगामी दिनहरुमा पढ्न पाउनु नै हुनेछ ।

 

(देवकोटा सुरक्षा मामिलाका जानकार वरिष्ठ पत्रकार हुन् ।)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...