नेपालमा कोरोना विरुद्धको भ्याक्सिन ल्याउने तयारी
वि.सं.२०७७ असोज १३ मंगलवार २२:१०
1.9K
shares
काठमाडाैं: रुसको डिरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) र नेपालको औषधी वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा कोरोना विरुद्धको २ करोड ५० लाखको भ्याक्सिन ल्याउने सहमति भएको छ।
मंगलबार दुई पक्षबीच नेपालमा कोरोना विरुद्धको ‘स्पुतनिक भी’ भ्याक्सिन भित्र्याउनेबारे सहमति भएको आरडिआईएफद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
आरडीआईएफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरील डिमिट्रिभ र ट्रिनिटी फर्मास्युटीकल्सका निर्देशक किशोर अधिकारीबीच नेपालमा उक्त भ्याक्सिज भित्र्याउने बारे मंगलवार सहमति भएको हो।
प्रेस विज्ञप्तीमार्फत नेपाल भित्र्याउन लागिएको ‘स्पुतनिक भी’ भ्याक्सिनको क्लिनिकल ट्रायलबाट यसले मानिसको स्वास्थ्यमा कुनै गम्भीर र प्रतिकुल समस्या नदेखाएको दाबी गरिएको छ।
उक्त सहमति अनुसार नेपाल भित्र्याइने रसियन भ्याक्सिनबाट नेपालको ९० प्रतिशत जनसंख्याले भ्याक्सिन लिन सक्ने बताएको छ ।
नेपाल सरकारबाट स्वीकृत पाउनेबित्तिकै भ्याक्सिनलाई नेपालमा उपलब्ध गराउने बताएको छ । तर भ्यक्सिन नेपाल ल्याउन दुई कम्पनी बिच सम्झौता हुँदा समेत औषधी व्यवस्था विभाग भने यो कुरा बारे कुनै जानकारी नभएको बताउंँछ ।
कुनै नयाँ भ्याक्सिन तथा औषधी नेपाल भित्र्याउनुअघि औषधी व्यवस्था विभागको अनुमति लिनुपर्ने हुन्छ ।
वि.सं.२०७७ असोज १३ मंगलवार २२:१०



















