YouTube Link

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

Nepali Sena Suvakamana Dashain
Facebook Link

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीबाट विभिन्न प्रकारका लागूऔषधसहितको मोटरसाइकलसहित लागूऔषध बरामद गरेको थियो । लागूऔषधसहितको मोटरसाइकल बरामदपछि अहिले सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउन अनेक प्रयास भएका छन् ।

 

सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीबाट खटिएको टोलीले बिशेष सूचनाको आधारमा कार्तिक ४ गते अन्दाजी २:३० बजेको समयमा सुनसरी जिल्ला भोक्राह नरसिंह गाउँपालिका-४ स्थित नहरचोकदेखि अन्दाजी ५० मिटर उत्तर-पूर्वतर्फ प्र.१ ०२-०४७ प १४७२ नं. को मोटरसाइकल पछ्याउने क्रममा पार्क गरी राखिएको अवस्थामा भेटिएको थियो । चालक फेला नपरेपश्चात् मोटरसाइकललाई १५-२० मिटर दक्षिणतर्फ पूर्व-पश्चिम राजमार्गमा निकालेर संयुक्त टोलीले चेकजाँच गरेको थियो ।

 

सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्यसपश्चात् एक्कासी ५०-५५ जना स्थानीय व्यक्तिहरु भेला जम्मा भई ड्युटीलाई बाधा पार्दै लागूऔषध लुटपाट र खोजी दसी प्रमाण नष्ट गर्ने प्रयास गरेका थिए । सोही क्रममा सुरक्षाकर्मीको मिलोमतोमा फसाएको भन्ने जस्तो अफवाह फैलाउन शुरु गरेका हुन् । उक्त लागूऔषध लुटपाट गर्ने र दसी प्रमाण नष्ट गर्न खोज्दा भुइँमा खसेको कालो प्लाष्टिकको लागूपदार्थ सुरक्षाकर्मीले टिपेर मोटरसाइकलको सोही स्थानमा राखेका थिए । सोही भिडियोलाई गलत व्याख्या गर्दै सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने कार्य भएको हो ।

 

चेकजाँचका क्रममा प्रतिबन्धित लागूऔषध नाइट्रोजन ट्याब्लेट १० पत्ता, ट्रामाडोल १६ पत्ता र अन्य लागूपदार्थ ४ फेला परेको थियो । उक्त मोटरसाइकल र लागूऔषध नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको थियो । जिल्लामा पछिल्लो समय लागूऔषध तथा तस्करी नियन्त्रणमा सुरक्षाकर्मीहरू निर्मम ढङ्गले परिचालित हुँदा उनीहरूको मनोबल गिराउन एवं आमजनमानसमा भ्रम पैदा गर्न घटनालाई लिएर अतिरञ्जित प्रचार-प्रसारसमेत हुने गरेको लागूऔषध तथा तस्करीबाट आजित स्थानीयहरु नै बताउँछन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...