YouTube Link

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

Facebook Link

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ । प्राधिकरणले देशभित्र सञ्चालित निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बीमालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सो मस्यौदा तयार पारेको जनाएको छ । प्राधिकरणले तयार पारेको मस्यौदा उपर राय सुझाव संकलनको लागि सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सुझाव उपलब्ध गराउन आह्वान गरेको छ । प्राधिकरणका अनुसार सुझाव प्राधिकरणको बीमालेख शाखाको इमेलमा पठाउन सक्नेछन् ।

 

सुझाव सर्वसाधारण तथा सरोकारवालाहरूले बुझाउन सक्नेछन् । यस निर्देशिकाअन्तर्गत ६ प्रकारका प्रमुख इन्जिनियरिङ्ग बीमालेखहरू समेटिएका छन् । जसमा ठेकेदारहरूको सबै जोखिम बीमा, जडान तथा निर्माण जोखिम बीमा, ठेकेदारको प्लान्ट तथा मेशिनरी बीमा, इलेक्ट्रोनिक उपकरण बीमा र ब्वाइलर तथा प्रेसर भेसल बीमा रहेका छन् । परियोजनाअन्तर्गत सिएआर र ईएआर बीमालेखको हकमा १ करोडभन्दा माथिको बीमा भएमा बीमकले अनिवार्य रुपमा स्थलगत निरीक्षण गरी जोखिम मूल्यांकन प्रतिवेदन तयार पार्नुपर्ने छ ।

 

वार्षिक रूपमा नवीकरण हुने सीपिएम, ईईआई, बिपीभीआई आदि बीमालेखको हकमा १० लाख रुपैयाँभन्दा माथिको बीमांकमा स्थलगत निरीक्षण अनिवार्य गरिएको छ । त्यस्तै, निर्देशिकामा तोकिएको न्यूनतम बीमाशुल्क दरभन्दा कम दरमा बीमालेख जारी गर्न पाइने छैन । एक वर्षभन्दा बढी अवधिको परियोजनाका लागि बीमा जारी भएको ६० दिनभित्र कुल बीमाशुल्कको कम्तीमा एक–तिहाइ रकम बुझाइ १ वर्षभित्र बाँकी किस्ता बुझाउने सुविधा प्रदान गरिएको छ ।

 

पूर्ण क्षति भएको अवस्थामा सम्पत्तिको उमेर अनुसार ० प्रतिशत देखि ५० प्रतिशतसम्म ह्रासकट्टी लागू हुनेछ । (६ महिनाभन्दा कम उमेरको सम्पत्तिमा ह्रासकट्टी लाग्ने छैन) दाबी भुक्तानी गर्दा योग्य रकमको बढीमा १० प्रतिशतसम्म अधिक कट्टा गर्न सकिने व्यवस्था छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:३३

काठमाडौं: महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा...

मुस्ताङमा भित्रिए १० महिनामा २ लाख ८५ हजार विदेशी पर्यटक

मुस्ताङमा भित्रिए १० महिनामा २ लाख ८५ हजार विदेशी पर्यटक

वि.सं.२०८३ कात्तिक १७ मंगलवार १२:५२

मुस्ताङ: सन् २०२६ को १० महिनामा २ लाख ८५ हजार...