YouTube Link

नेपाल आउने पर्यटकले कोराना बीमाको कागजात पेश गर्नुपर्ने

World Cup 2026
Facebook Link

काठमाडौं: पर्वतारोहण तथा पदयात्राकालागि नेपाल आउने पर्यटकले भ्रमणमा आउँदा ५ हजार अमेरिकी डलर अर्थात ६ लाख नेपाली रुपैयाँ बराबरको कोराना बीमा गरेको कागजात पेश गर्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहण तथा पदायात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ । नेपालमा पर्वतारोहण तथा पदयात्राकालागि आउने पर्यटकले नेपाल प्रवेश पश्चात न्यूनतम सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने नयाँ व्यवस्था गरिएको छ ।

सरकारले आउँदो  कात्तिक १ गतेदेखि पर्वतारोहण तथा पदयात्रा गतिविधि खुला गर्ने गरी २९ भदौमा गरेको निर्णय अनुसार अब नेपालमा विदेशी पर्यटक आउन पाउनेछन् । यो निर्णयसँगै होटल क्यारेन्टिमा बसेको ५ दिनको दिन निजकै खर्चमा पीसीआर टेष्ट गराउनु पर्ने छ ।

कोरोना टेष्टमा नगेटिभ रिपोर्ट आए पदयात्रा तथा पर्वतारोहणमा जान पाइने छ । कोरोनाको रिपोर्ट पोजेटिभ आएसम्म होटलबाट बाहिर निस्कन पाइने छैन अर्थात होटल क्यारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।

पर्यटक नेपाल आउनुअघि नै भिसा प्राप्त गरेको हुनुपर्ने, भिसा उपलब्ध नभएको अवस्थामा नेपालको ट्राभल तथा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थासहितको नयाँ मापदण्ड पर्यटन मन्त्रालयले जारी गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...