YouTube Link

नेपाल आउने पर्यटकले कोराना बीमाको कागजात पेश गर्नुपर्ने

Khanepani Dhal
Facebook Link

काठमाडौं: पर्वतारोहण तथा पदयात्राकालागि नेपाल आउने पर्यटकले भ्रमणमा आउँदा ५ हजार अमेरिकी डलर अर्थात ६ लाख नेपाली रुपैयाँ बराबरको कोराना बीमा गरेको कागजात पेश गर्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहण तथा पदायात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ । नेपालमा पर्वतारोहण तथा पदयात्राकालागि आउने पर्यटकले नेपाल प्रवेश पश्चात न्यूनतम सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने नयाँ व्यवस्था गरिएको छ ।

सरकारले आउँदो  कात्तिक १ गतेदेखि पर्वतारोहण तथा पदयात्रा गतिविधि खुला गर्ने गरी २९ भदौमा गरेको निर्णय अनुसार अब नेपालमा विदेशी पर्यटक आउन पाउनेछन् । यो निर्णयसँगै होटल क्यारेन्टिमा बसेको ५ दिनको दिन निजकै खर्चमा पीसीआर टेष्ट गराउनु पर्ने छ ।

कोरोना टेष्टमा नगेटिभ रिपोर्ट आए पदयात्रा तथा पर्वतारोहणमा जान पाइने छ । कोरोनाको रिपोर्ट पोजेटिभ आएसम्म होटलबाट बाहिर निस्कन पाइने छैन अर्थात होटल क्यारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।

पर्यटक नेपाल आउनुअघि नै भिसा प्राप्त गरेको हुनुपर्ने, भिसा उपलब्ध नभएको अवस्थामा नेपालको ट्राभल तथा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थासहितको नयाँ मापदण्ड पर्यटन मन्त्रालयले जारी गरेको हो ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...