YouTube Link

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

Facebook Link

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान तथा सेवा खरिद गर्न पाउने भएका छन् । यसका लागि नेपाल बैंक र ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) प्लेटफर्म वानबीएनपीएल सञ्चालन गर्ने फिनटेक कम्पनी फिनटारा सोलुसन्सबीच सम्झौता भएको छ। सम्झौतासँगै नेपाल बैंक वानबीएनपीएलको १३औँ साझेदार बैंक बनेको छ ।

 

सम्झौताअनुसार नेपाल बैंकका योग्य क्रेडिट कार्डबाहकले वानबीएनपीएलको व्यापारिक सञ्जालमा आबद्ध पसल तथा व्यवसायबाट सामान र सेवा खरिद गर्दा ० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दी सुविधा पाउनेछन् । ग्राहकले खरिद गरेको रकम ३ देखि १८ महिनासम्मको अवधिमा किस्ताबन्दीमार्फत भुक्तानी गर्न सक्नेछन् ।

 

वानबीएनपीएलको सञ्जालमा खुद्रा पसल, मोबाइल तथा ग्याजेट, घरायसी उपकरण, अस्पताल, रिसोर्ट र होलिडे प्याकेज प्रदायकसहित १५० भन्दा बढी अनलाइन तथा अफलाइन व्यापारिक प्रतिष्ठान आबद्ध छन् । नेपाल बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठकले फिनटेक कम्पनीसँगको सहकार्यले क्रेडिट कार्डबाहकलाई आधुनिक डिजिटल किस्ताबन्दी सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए ।

 

त्यस्तै, फिनटारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष के. शर्माले नेपाल बैंकसँगको साझेदारीले ग्राहकलाई सहज रूपमा कर्जा सुविधा उपलब्ध गराउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने बताए । सम्झौतामा नेपाल बैंकका रिटेल कर्जा विभाग प्रमुख अर्जुनबहादुर कँडेल र कार्ड विभाग प्रमुख दीपक रेग्मीले पनि ग्राहकका बदलिँदा आवश्यकता पूरा गर्न यो सेवा उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । यस सुविधाबाट ग्राहकले एकैपटक ठूलो रकम भुक्तानी नगरी आवश्यक वस्तु तथा सेवा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:३३

काठमाडौं: महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा...

मुस्ताङमा भित्रिए १० महिनामा २ लाख ८५ हजार विदेशी पर्यटक

मुस्ताङमा भित्रिए १० महिनामा २ लाख ८५ हजार विदेशी पर्यटक

वि.सं.२०८३ कात्तिक १७ मंगलवार १२:५२

मुस्ताङ: सन् २०२६ को १० महिनामा २ लाख ८५ हजार...