YouTube Link

नेपालका ७३ जिल्लामा फैलियो डेंगी, ३५ जनामा कोरोना संक्रमण पुष्टि

Facebook Link

काठमाडौं: नेपालमा डेंगीको संक्रमण ७३ जिल्लामा फैलिएको छ । पछिल्लो एक हप्तामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म देशभर एक हजार ६७३ जनामा डेंगी पुष्टि भएको छ ।

 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शुक्रबार पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार, डेंगीको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा (४०४ केस) देखिएको छ । यसैगरी, गण्डकी प्रदेशमा ३५८ र कोशी प्रदेशमा ३३४ केस पुष्टि भएका छन् । जिल्लागत रूपमा भने काठमाडौंमा १७८, कास्कीमा १३४, र सुनसरीमा १०५ वटा डेंगीका केस दर्ता भएका छन् ।

 

यस वर्ष हालसम्म हिमाली क्षेत्रका ४ जिल्ला (डोल्पा, हुम्ला, मनाङ र रसुवा) मा भने डेंगी संक्रमण नदेखिएको प्रवक्ता बुढाथोकीले बताए। मनसुन सुरु भएसँगै लामखुट्टेको संख्यामा वृद्धि भइरहेकाले डेंगी लगायतका रोगहरूको जोखिम बढेको उनको भनाइ छ । डेंगी संक्रमित करिव ८० प्रतिशत केसहरूमा लक्षण नदेखिने भएपनि संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेसीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको धेरै दुख्ने, शरीरमा राता बिमिराहरू आउने, वाकवाकी लाग्ने वा वान्ता हुने जस्ता लक्षणहरू देखिन सक्छन् ।

 

स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ६ तथा नियमावली २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ६ अनुसार, अब स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र रहनेछ । बोर्डको असार ८ गते बसेको बैठकले यो निर्णय गरेको हो, जुन २०८२ साउन १ गतेबाट लागू हुनेछ । यसअघि सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाले पनि प्रथम सेवा बिन्दुको रूपमा सेवा दिँदै आएका थिए । यो निर्णयले बीमा सेवा व्यवस्थापनमा थप प्रभावकारिता र पारदर्शिता ल्याउने विश्वास मन्त्रालयले लिएको छ ।

 

कोभिड-१९ को संक्रमण पनि थप जिल्लाहरूमा देखिन थालेको छ । २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म नेपालका ३१ वटा जिल्लाबाट २४३ जनामा कोभिड-१९ पुष्टि भएको छ । प्रवक्ता बुढाथोकीले पछिल्लो एक हप्तामा मात्रै ३५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । सरकारले कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै १७ वटा सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानीलाई थप प्रभावकारी बनाएको छ । यी नाकाहरूमा कोशी प्रदेशका पशुपतिनगर, मेची, रानी; मधेश प्रदेशका मदर, बिर्तामोड, गौर, इनरुवा, वीरगञ्ज; लुम्बिनीका गलैया, कृष्णनगर, जमुना; गण्डकीको त्रिवेणी; र सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, झुलाघाट, कुलाघाट, टिकापुर हेल्थ डेस्कहरू पर्छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...