YouTube Link

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

Facebook Link

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया तीव्र रूपमा अघि बढाइएको स्पष्ट पार्दै नागरिकको जीवनरक्षाका लागि उपचार सेवा नियमित रूपमा सञ्चालन गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा पछिल्ला दिनहरूमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाहरूप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । यस्ता घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाहीका लागि सम्बन्धित सुरक्षा निकायले आवश्यक प्रक्रिया अघि बढाइसकेको मन्त्रालयले जनाएको छ ।

 

नारायणी अस्पतालमा ड्युटीमा रहेका चिकित्सकमाथि भएको क्रूर आक्रमणको घटना बाहिरिएलगत्तै स्वास्थ्यमन्त्री निशा मेहताले गम्भीर चासो व्यक्त गरेकी छिन् । मन्त्री मेहताले आक्रमणमा परी घाइते भएका चिकित्सक डा.प्रमोद रामलाई थप र सुरक्षित उपचारका लागि तत्काल काठमाडौं ल्याउने व्यवस्था मिलाएकी छिन् । साथै, उनले राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइते चिकित्सकको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिएकी छिन् । मन्त्री मेहताले दोषीहरूलाई कुनैपनि हालतमा छुट नदिन कडा सुरक्षा कारबाहीका लागि सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएकी छिन् र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सेवा निरन्तरताका लागि निरन्तर पहल गरिरहेकी छिन् ।

 

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अति संवेदनशील, अत्यावश्यक र जीवनरक्षक क्षेत्र भएकाले नागरिकको उपचारमा कुनैपनि किसिमको अवरोध आउन नदिन सबै अस्पतालहरूलाई सचेत गराएको छ । स्वास्थ्यकर्मीहरूले सुरक्षित, भयमुक्त र सम्मानजनक वातावरणमा काम गर्न पाउनु उनीहरूको अधिकारको कुरा भएको मन्त्रालयले औंल्याएको छ । संकटको यस घडीमा नागरिकको उपचार सेवामा कुनै नपुर्याई स्वास्थ्य सेवाको निर्वाध प्रवाह गर्न सम्पूर्ण अस्पतालहरूलाई विशेष अपिल गरिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...