YouTube Link

इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादको पहिलो जित

Facebook Link

एजेन्सी: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ ।

दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो ।

सनराइजर्सले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका शिखर धवनले ३४ तथा ऋषब पन्तले ३२ रन बनाए । शिम्रन हिटमायरले २१ रन जोड्दा कप्तान श्रेयस आयरले १७ रन बनाए । कागिसो राबडा १५ रनमा अविजित रहे ।

दिल्लीलाई सस्तैमा समेट्न राशिद खानले ३ विकेट लिए । भुवनेश्वर कुमारले २ विकेट झारे ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए । अब्दुल समाद १२ रनमा अविजित रहदा मनिस पाण्डे ३ रनमा आउट भए ।

दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २/२ विकेट लिए । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...