आउनुहोस् हामी सबै जुटौं सामुयल सुनुवारको जीवन बचाउन
वि.सं.२०८२ मंसिर ११ बिहीवार ०९:४०
3K
shares
काठमाडौं: विगत लामो समयदेखि वैदेशिक रोजगारका लागि कतार पुगेका सामुयल सुनुवार हाल जीवनसँग संघर्षरत छन् । उच्च रक्तचापका कारण काम गर्दा गर्दै बेहोस भएपछि उनलाई साथीहरुको सहयोग मार्फत कतारमा तीन महिना निरन्तर उपचार गराउँदा पनि सुधार नआएपछि दुई हप्ताअगाडि उनलाई नेपाल ल्याएर हाल नयाँ वानेश्वरस्थित होलिस्टिक हेल्थमा उपचार भईरहेको छ ।
समाजसेवी सामुयल सुनुवार कतार शाखाका सुनुवार सेवा समाजका पूर्व अध्यक्ष पनि हुन् । समुदायका लागि रातदिन नभनी खटिरहने सामयुल सुनुवार अहिले जीवनमरणसँग संघर्ष गर्दै छन् । उनी जोकोहीसँग हाँसेर भेट्ने । हरेक दु:खको बेला छेउमा उभिने सामुयल सुनवार हालको अवस्था शब्दमा भन्न पनि गाह्रो छ । उनी बोल्न सक्दैनन् । उनको शरीरको एक साइड चल्दैन । उनको आँखामा बाँच्ने इच्छा छ, तर शरीरले साथ दिईरहेका छैन । उनी आफैं बोल्न सक्दैनन् तर उनलाई हेर्दा यस्तो लाग्छ, मानौं उनी चुपचाप भन्छन्, ‘म बाँच्न चाहन्छु । मेरो परिवारका लागि । मेरो छोरीका लागि । कृपया साथ नछोड्नु ।’
उनै सामुयल सुनुवार आज अस्पतालको बेडमा लडिरहेका छन् । हरेक अप्ठ्यारो घडीमा अगाडि उभिने, अरूको आँसु पुछ्न जान्ने, आफ्नो भन्दा अरूको पीडालाई धेरै ठान्ने सामयुल सुनुवार आज आफ्नै शरीरभित्र थुनिएका छन् । उनको आवाज बन्द छ, तर उनको आँखाबाट रसिएको आँसुले धेरै कुरा भन्छ । ‘म एक्लो परेँ, मलाई समाइदिनुस, मलाई बचाईदिनुस् ।’
हाल उनको उपचार पद्दति थेरापी नै अन्तिम आशा हो । औषधि र लामो पुनर्स्थापना सबै अत्यन्तै खर्चिलो भएकोले परिवारका लागि यो भार ब्यहोर्नु असम्भव भएकाले हामी सबैले जति सकिन्छ त्यति नै सहयोग गर्नु जीवनको उपहार बन्न सक्छ । आज हामीले दिएको साथले उनी फेरि हिँड्न सक्छन्, बोल्न सक्छन्, आफ्नी छोरीलाई ‘बाबु यहाँ छु’ भन्न सक्नेछन् । हाम्रो सानो सहयोगले उनको घरमा फेरि खुशी फर्किन सक्छ ।
त्यसैले यो भावनात्मक अपिलसँगै उनको श्रीमती वा छोरीसँग सम्पर्क गरेर सहयोग गर्न सकिन्छ । उनको श्रीमतीको सम्पर्क नम्बर 9841023270 छोरीको 9861778839 मा सिधै सम्पर्क गरेर सहयोग गर्न सकिनेछ । जोडिनुहोस् सामुयल सुनुवारको जीवनमा फेरि उज्यालो फर्काउन हामी सबै मिलेर हात अघि बढाऔँ ।
वि.सं.२०८२ मंसिर ११ बिहीवार ०९:४०




















