YouTube Link

नौलिन स्पोर्ट भिल्लाले फन डबल्स लन टेनिस प्रतियोगिता आयोजना गर्ने

Facebook Link

काठमाण्डौं:  नौलिन स्पोर्ट भिल्लाले २०२० फन डबल्स लन टेनिस प्रतियोगिताको आयोजना गर्ने भएको छ । काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका – ८ सुन्दरबस्ती  स्थित भिल्लाको आफ्नै कोर्टमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

डिसेम्बर ३० देखी ३१ तारिख बिच आयोजना हुने प्रतियोगितामा आकाङ्क्षी प्रतियोगिहरुले २ हजार रुपयाँमा आफ्नो टिम दर्ता गर्न सक्ने छन् । प्रतियोगितामा सहभागी हुन चाहने जोडीले २९ डिसेम्बर सम्म टिम दर्ता गरि सक्नुपर्ने नौलिन स्पोर्ट भिल्लाले जनाएको छ ।

उक्त प्रतियोगितामा टेनिसका एम्याच्वेर खेलाडीहरुले मात्र सहभागिता जनाउने भएकाले ब्यावसायीक खेलाडीहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय बरीयातामा समावेश खेलाडीहरु र टेनिस प्रशिक्षकहरुले सहभागिता जनाउन नपाईने भिल्लाले जनाएको छ ।

प्रतियोगितामा १४ बर्ष माथिका एम्याच्वेर खेलाडीहरुले सहभागिता जनाउन सक्ने छन् भने प्रत्यक दिनका खेलहरु बिहान ७ बजे देखी दिउँसो ४ बजे सम्म आयोजना गरिने छ साथै बिजेता जोडीलाई गोल्डेन ट्रफी र उप बिजेता जोडीलाई सील्भर ट्रफी प्रदान गरिने भिल्लाले जनाएको छ ।

प्रतियोगिताका सेमीफाईनल र फाईनल चरणका खेलहरु बेस्ट अफ ३ को सेटमा खेलाईने छन्  भने त्यस अघीका खेलहरु १ सेटको मात्र हुने छ । नौलिन स्पोर्ट भिल्लाले बर्षको सुखद अन्य गर्न र आपसी मेलमिलाप र भाईचाराको सम्वन्ध विस्तारका लागी प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

यस्तै कोरोना महामारी बिच सहभागी खेलाडीहरुले आफ्नो स्वास्थ सुरक्षाको प्रवन्ध आफै गर्नु पर्ने नौलिन स्पोर्ट भिल्लाले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

पेरिस सेन्ट जर्मेनका प्रशिक्षक थोमस बर्खास्त

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...